सीपीको गीतमा नारीको पीडा


काठमाडौं । गीतकार सीपी गौतमको ‘छाडेर मलाई गए’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गजल एल्बम ‘आँसु’ भित्र रहेको यो गीतको भिडियो सार्वजनिक भएको हो ।
Janaki Panthaपेशाले सुरक्षाकर्मी गीतकार गौतमले गीतले एउटा गरिब घरमा विहे गरेपछि सुनौला सपना देखेर बालबच्चा छाडेर अर्कैसँग जाँदा धोका खाएर पुनः फर्किएकी एक नारीको कथालाई प्रस्तुत गरेको बताए ।

गैरे सुरेशको संगीत एवं सत्यराज आचार्यको स्वर रहेको भिडियोका निर्देशक नारायण ढकाल हुन् । जानकी पन्त, नारायण ढकाल र प्रदीप बाबुको अभिनय रहेको भिडियोमा सुप्रिम पराजुलीको सम्पादन र वीरेन्द्र भट्टको छायांकन छ । भिडियोलाई कम्पन म्यूजिकले निर्माण गरेको हो ।

SUBSCRIBE 👉