मिङसको तिमी मेरो पहिलो माया आउँदै


काठमाडौं । गायिका मिङ्स लामाको नयाँ गीत ‘तिमी मेरो पहिलो माया बोलको गीतको म्युजिक भिडियो निर्माण भएको छ । गायक सुरज श्रेष्ठको समेत स्वर रहेको गीतमा शब्द र संगीत गायिका लामाकै हो ।
Mings Lamaसातादिन भित्र सार्वजनिक हुने भिडियोका निर्देशक पासाङ योञ्जन लामा हुन् । भिडियोमा तनुजा गुरुङ र सोनाम पाख्रिनले फिचरिङ गरेका छन् । भिडियोमा अमृत सुनुवारको छायांकन, निशान घिमिरेको सम्पादन तथा चन्द्र गुरुङको श्रृङगार रहेको छ ।

गायिकाको यसअघिको ‘च्याङबा हो नाचौ’को पनि भिडियो निकै रुचाइएको थियो । दर्जन बढी गीतमा स्वर दिईसकेकी उनले केही समय अघि ‘इट्स ह्याप्पन’ बजारमा ल्याएकी थिईन् ।

SUBSCRIBE 👉