अनलको गीति एल्बम र कथोपन्यास एकसाथ


ग्ल्यामर नेपाल, काठमाडौं । युवा स्रष्टा अनल गौतमको गीति एल्बम र कथोपन्यास सार्वजनिक भएको छ । गौतमको गीति एल्बम ‘सरसी’ र कथोपन्यास ‘घाट घाटका कथा’ शनिबार नेपालका पहिलो गभर्नर हिमालयशमशेर जबराले लोकापर्ण गरेका हुन् । दुई कृतिमध्ये एल्बम म्युजिक नेपालले र कथोपन्यास शब्दहार क्रिएसनले बजारमा बजार ल्याएका हुन् ।

रास्ट्रिय बिमा समितिका अध्यक्ष डा.फत्त बहादुर केसी को सभापतित्यमा आयोजित लोकापर्ण कार्यक्रममा कृति लोकापर्ण गर्दै हिमालयशमशेरले अनलको लेखनमा परिपक्वता झल्किएको बताए । उनले कृतिलाई पाठकले रुचाउने पनि विश्वास व्यक्त गरे । त्यस्तै, समालोचक डा. कृष्णप्रसाद दाहाल, पहिलो नायिका भुवन चन्द, व्यवसायी अजय सुमार्गी, मोडल कला सुब्बालगाएतका व्यक्तित्व पनि कार्यक्रममा सहभागि थिए । उनीहरुले पनि अनलको एल्बम तथा कथोपन्यासको बारेमा बोलेका थिए ।

‘घाट घाटका कथा’मा विभिन्न १३ शीर्षकका सिलसिलेवार कथा छन् । सबै कथाहरु घाटै विषयमा लेखिएको अनलले जानकारी दिए । ‘पुस्तकमा मृत्युसँग जोडिएको संवेदना पोख्ने प्रयास गरेको छु,’ अनलले भने, ‘संवेदना पनि विविधताले भरिएका छन् ।’ उनी यसअघि कविता र हाइकु्मा कलम चलाउँथे ।

anal-gautam1

एल्बम ‘सरसी’ मा ६ वटा गीतहरु समावेश छन् । एल्बमका सबै गीतहरुमा राज सागरले संगीत भनेका छन् । जसमध्ये ५ वटा गीतमा अनु लामाको र एउटामा राजको स्वर सुन्न सकिन्छ । नयाँ भए पनि राजमा प्रतिभा भएकोले अवसर दिएको अनलको भनाई छ ।

SUBSCRIBE 👉