हल्का हल्कामा हट पुजना


काठमाडौं । गायिका तथा मोडल रमिता भण्डारीको पछिल्लो एल्बम ‘प्ले ईट’मा रहेको गीत ‘हल्का हल्का’ को भिडियो सार्वजनिक भएको छ । नायिका तथा निर्मात्री पुजना प्रधान, गायिका रमिता र मोडल जीवन भट्टराईले फिचरिङ गरेको भिडियोमा पुजनालाई हट र ग्ल्यामर रुपमा प्रस्तुत गरिएको छ ।
Poojana Pradhanगीतमा जनम राईको शब्द तथा संगीत छ । नसिम खान (एनके)ले निर्देशन गरेको भिडियोमा नविन श्रेष्ठको छायांकन छ । गायिकाका अनुसार एल्बममा समावेश ६ वटा गीतको भिडियो बन्ने क्रम जारी छ । यस अघि ‘पार्टी नाईट’ बोलको गीतको भिडियोको प्रिमियर भईसकेको छ ।

रमिताको आफ्नै कम्पनी रुशलाईट मिडियाबाट एल्बम बजारमा ल्याएकी हुन् । मोडलिङ हुँदै सांगीतिक क्षेत्रमा उदाएकी रमिता आफै कुशल गिटारिष्ट पनि हुन् ।

SUBSCRIBE 👉