प्रियंकाको पढाई रेड, ब्ल्याक र ब्लु लेबल


काठमाडौं । अभिनेत्री प्रियंका कार्की बौद्धिक अभिनेत्रीका रुपमा फिल्म क्षेत्रमा चिनिन्छिन् । बौद्धिक अभिनेत्री रुपमा चिनिए पनि उनी चाहिँ आफ्नो पढाईको लेबललाई ‘रेड’, ‘ब्ल्याक’ र ‘ब्लु’सँग तुलना गर्न थालेकी छन् ।
Priyanka Karkiआगामी असोज १ गतेबाट सार्वजनिक रुपमा प्रदर्शनमा आउन लागेको फिल्म ‘वडा नम्बर ६’को सार्वजनिक नयाँ ट्रेलरमा प्रियंकाले आफ्नो पढाईको लेबल बताएकी हुन् । कलाकार सन्दीप क्षेत्रीले पढाईको लेबल सोध्दा प्रियंकाले मदिराको लेबलसँग आफ्नो पढाईलाई दाँजेकी हुन् ।

आमा माता सरस्वती गीता देवी फिल्मस् प्रालिको व्यानरमा उज्जवल घिमिरेले निर्देशन गरेको फिल्ममा प्रियंकाका अलावा दीपकराज गिरी, दयाहाङ राई, जितु नेपाल, केदार घिमिरे, सिताराम कट्टेल, विल्सनविक्रम राई, दीपाश्री निरौला, सन्दिप क्षेत्री र नीर शाहले अभिनय गरेका छन् ।

निर्मल शर्मा कार्यकारी निर्माता रहेको फिल्ममा गौतमराज खड्का, रोशन श्रेष्ठको द्वन्द्व र दीपक बज्राचार्यको छायांकन छ ।

SUBSCRIBE 👉