आकाश छुन खोज्दै लोकेन्द्र | हेर्नुहोस् म्युजिक भिडियो


काठमाडौं । नवगायक लोकेन्द्र राई आफ्नो डेब्यु एल्बम ‘यादमा’ मा रहेको ‘पल पलको यादमा तिमी’ बोलबाटै श्रोतामाझ चिनिए। राम सिटौलाको संगीत तथा डीआरको शब्द रहेको यो गीतले निकै चर्चा पाएको थियो ।
Music Videoपहिलो एल्बम सार्वजनिक गरेको लामो समय पछि उनले दोस्रो एल्बम ‘सायद’ ल्याए । एल्बमको शीर्ष गीत ‘सायद तिम्रो मायामा’को म्युजिक भिडियोले पनि राम्रै तारिफ पायो । अहिले लोकेन्द्र ‘नछोइने आकाश छुन खोजेछु’ बोलको गीतको म्युजिक भिडियोमार्फत दर्शक तथा श्रोतामाझ आएका छन् ।

रवि मल्लको गीत र राम सिटौलाको संगीत रहेको यस गीतको म्युजिक भिडियोलाई अर्जुन अधिकारीको निर्देशनमा हरि हुमागाईले छायांकन गरेका छन् । भिडियोको बजार व्यवस्थापन एसियन म्युजिकले गरेको छ ।

SUBSCRIBE 👉