पोखरामा पहिलोपटक हाक्का हाक्की गाईजात्रे कार्यक्रम


रेम बिक, पोखरा। शुक्रबार बाट पोखरामा तीन दिने विशेष जाईजात्रे कार्यक्रम शुरु भएको छ। हाँस्य सिरियल ‘हाक्का हाक्की’का कलाकारहरुले तीन दिनसम्म पोखरेलीलाई हसाउने छन्। गाईजात्राको अवसर पारेर राष्ट्रियस्तरका कलाकारहरुले शुरु गरेको गाईजात्रे कार्यक्रम पोखरामा पहिलोपटक हो।

Gaijatra Pokharaईरोज ईन्टरटेनमेन्टको आयोजनामा तीन दिन सम्म हुने गाईजात्रे कार्यक्रम पोखराको सृजनाचोकस्थित साईमन पार्टी प्यालेसमा भैरहेको छ। ‘यो एउटा प्याकेज खालको गाईजात्रे कार्यक्रम हो। कार्यक्रम हेर्न आउने दर्शकहरुले भरपुर मनोरञ्जन लिंदै छन्।’हाक्का हाक्की गाईजात्रे कार्यक्रम’का सायोजक राम थापा भन्छन्-‘हाँस्य प्रहसनसागै प्यारोडी गीत, नृत्य, हाास्य कविता, लोकदोहोरी, जादु दर्शकले एकैठाऊामा हेर्न पाउनेछन्।’

कार्यक्रम साढे दुई घण्टा अवधीको कार्यक्रममा दर्शकलाई हसाउनका लागि दमन रुपाखेती, खेम शर्मा, कविता शर्मा, कमला अर्याल, राम थापा, उमेशकुमार केसी, मणिराज काफ्ले, प्रदिप सिलवाल, अजय रेग्मी, सुदिपबाबु खतिवडा, कुशलभ केसी लगाएतका कलाकारहरु पोखरामा छन्। हर्के हवल्दारको नामले चर्चित कलाकार विष्णु सापकोटा पनि कार्यक्रमको विशेष आकर्षण रहेको आयोजकले बताएको छ।

महोत्सवमा कलाकार कविता शर्माले रिमिक्स गीतमा नृत्य गर्दै छिन। पोखराका स्थानीय कलाकारको साथमा कलाकार मणि काफ्लेको प्यारोडी गीत, राजन चौलागाईंको व्यंग्य कविता, जादुगर महादेव त्रिपाठीको जादुसमेत प्रस्तुत हुने कार्यक्रममा चर्चित तीज गीत ‘ढाडे बिरालो’ का गायक प्रकाश कटुवाल तथा चन्दा अर्यालले दोहोरी गीत सुनाउनेछन्।

SUBSCRIBE 👉