गायक प्रमोद खरेल अव म्युजिक भिडियोमा मोडल


चर्चित गायक प्रमोद खरेल अब म्युजिक भिडियोमा मोडलको रुपमा समेत दर्शकमाझ देखिने भएका छन्। उनले आफ्नै गीत ‘निभाउन न आउनु आगो…’ मा मोडलका रुपमा अभिनय गरेका छन्। म्युजिक भिडियोलाई भूषण दाहालले निर्देशन गरेका हुन्।

singer pramod kharel

गीतमा निरोज लामाको संगीत, हेमकुमार लावतीको शब्द तथा गोपाल रसाइलीको संगीत संयोजन रहेको छ। गायक खरेल र निर्देशक दाहालले यसअघि कुनै पनि भिडियोमा सहकार्य गरेका थिएनन्। दुबैले संगै काम गरेको यो पहिलो म्युजिक भिडियो हो। धीरजजंग शाहको छायांकन रहेको यो भिडियोमा गायक खरेल संग कुनै महिला पात्रले अभिनय गरेका छैनन्। खरेलको एकल अभिनय गरेको म्युजिक भिडियोलाई दर्शकले कत्तिको रुचाउने हुन्? म्युजिक भिडियो रिलिज नहुन्जेल प्रतीक्षा गर्नै पर्ने हुन्छ।

SUBSCRIBE 👉