तीजको कोसेली लिएर आइन अन्जु


काठमाडौं । हिन्दू महिलाहरुको महान चाड हरितालिका तीजको अवसर पारेर गीत संगीत को चहल पहल पनि निकै बड्ने गर्दछ । यस्तैमा नव प्रवेशी गायिकाहरुले पनि आफ्नो स्वर परिक्षण गर्ने मौका पाउछन । यही तीजको अवसरमा नव गायिका अन्जु श्रेष्ठ ले पनि आफ्नो सांगितिक कोसेली लिएर आएकी छिन् । रातो सारी बोलको गीत लिएर श्रोता समक्ष प्रस्तुत भएकी अन्जुले आफ्नो गीत मार्फत सांगीतिक रहर मेट्ने प्रयास गरेकी छिन् ।
Rato Sadiभोइस अफ नेपालको प्रस्तुतीको रुपमा आएको यो तीज गीतमा अन्जुको नै शब्द र स्वर रहेको छ । यस् तीज गीत रातो सारीलाई राज सागरले संगीत दिएका छन । गीतको संगीत सम्योजन भने महाराज थापाले गरेका हुन भने मिक्सिङ शम्भु तन्डुकारले गरेका हुन् ।

रातो सारी यस् तीज गीतको म्युजिक भिडियो पनि तयार पारीएको छ । म्युजिक भिडियोको निर्देशन प्रदीप श्रेष्ठले गरेका छन भने ज्ञानेन्द्र शर्मा को छायांकन तथा टेकेन्द्र शाहको सम्पादन रहेको छ ।

रातो सारी फरर पारी बोलको यस् गीत मार्फत गायिका अन्जु श्रेष्ठले आफ्ना भावना लाई राम्ररी प्रस्तुत गरेकी छिन् । बिस्तारै दर्शक तथा श्रोताहरुको मुखमा झुन्डिदै गएको यो गीत मार्फत अन्जुको गायन यात्राा फस्टाउने लक्ष्यण देखिन्छ । अन्जुको तीजको यो गीतको यू ट्युब मार्केटिङ तथा मिडिया प्लान भने एनएस इन्टरटेन्टमेन्टले गरेको छ ।

SUBSCRIBE 👉