काठमाडौंमा मिकाको गन्दी बात


mika-singh-kathmandu- (2)

Mika Singh Live In Nepal

ग्ल्यामर नेपाल ,काठमाडौं । बलिउडका चर्चित पार्श्व गायक मिका सिंहले आफ्नो स्वरको जादु काठमाडौंमा छरेका छन्। आइतबार साँझ काठमाडौंको सानो गौचरण मैदानमा मिकाको डान्सिङ नम्बरसँगै दर्शक पनि झुमेका थिए। ‘म तिमीलाई माया गर्छु, मलाई नेपालीहरु मन पर्छ’ भन्दै स्टेजमा उक्लिएका मिकाले करिब पौने दुई घन्टा आफ्ना हिट गीतहरु सुनाएर दर्शककालाई उफार्न सफल भए। उनले चर्चित चिन्ताता चिता, ढिंक चिका, सिङ इज किङ, लङ ड्राइभ पे चल, रानी तु मै राजा, गन्दी बात, शुभा होने नादे, तु मेरी अगल बगल लगायतका दर्जन गीत सुनाए।

कन्सर्टमा धुम मच्चाउन माहिर मानिने मिकाले सिङ इज किङ गीत गाउँदा दर्शकदीर्घामा रहेका पञ्जाबी दर्शकलाई स्टेजमा बोलाएर नचाए । त्यस्तै अन्य गीत गाउँदा बालबालिकालाई पनि स्टेजमा नचाएर कार्यक्रममा रौनकता थपेका थिए। स्टेजमा सात वर्षीया बालिकासँग फोटो खिचेर ट्विट पनि गर्न भ्याए । कन्सर्टमा दर्शकलाई थप उत्तेजित बनाउन मात्र होईन उनले नेपालीको मन जित्न नेपालमा छायांकन गरिएको देव आनन्दको चलचित्र हरेराम हरेकृष्णको ‘कान्छी रे कान्छी रे’ बोलको गीतको एक टुक्रा पनि सुनाए।

मिका कन्सर्टको लागि आइतबार नै दुबईबाट काठमाडौं ओर्लिएका थिए। मुनलाइट्स रेकर्डले आयोजना गरेको कन्सर्टमा मिकाको प्रस्तुति अघि नेपाली कलाकार रामकृष्ण ढकाल, आनन्द कार्की र आस्था राउतले गीत सुनाएका थिए।

MIKA SINGH LIVE IN NEPAL

TO VIEW PHOTO GALLERY – CLICK HERE

SUBSCRIBE 👉