विदेशमा रहेर पनि नेपाली कला क्षेत्रलाई माया गर्दै आउनु भएका बिनोद, अगम र सरन गुरुङको संयुक्त पहलमा दशैँ तिहार गीत तयार भएको छ। अमेरिकामा रहँदै आयका गायक बिनोद गुरुङको आवाजमा रेकर्ड भएको गीतमा अगम गुरुङको शब्द छ भने गीतलाई सरन गुरुङले संगीत दियका छन्। हालै रेकर्ड गीतको छिट्टै नै भिडियो समेत निर्माण गरीने बताईएको छ।
गीतको भिडियोमा नेपाली चर्चित हाँस्य कलाकार तक्मे बुढा (विल्सन बिक्रम राई) र माग्ने बुढा (केदार घिमिरे) लगायत अशिश्मा नकर्मी , गौरव पहाडी र अन्य चर्चित अनुहारहरुको अभिनय हुने छ। भिडियो गीतमा तक्मे र माग्ने दुवै बुढाको कमेडी डाइलग समेत समावेश गरिने बताईएको छ।
यसरी तयार भयो गीत – भिडियो हेर्नुहोस्
Download Happy Dashain HD Wallpaper 1280×720 px | Magne Budha (Kedar Ghimire) Takme Budha (Wilson Bikram Rai)