किसनको सांगीतिक समिक्षा सार्वजनिक


काठमाडौं । गायक किसन मगर ‘प्रश्न’ले पहिलो एल्बम ‘प्रश्न’ र दोस्रो एल्बम ‘ताङखुल’ पछि श्रोतामाझ तेस्रो एल्बम ‘समिक्षा’ ल्याएका छन् । विगत १२ वर्षदेखि यसक्षेत्रमा निरन्तर लागेका उनी मोफसल अर्थात चितवनमा नै बसेर यस क्षेत्रको श्रीवृद्धिमा लागेका छन् । उनले चितवनमा समिक्षा साधना केन्द्र मार्फत यसक्षेत्रमा तल्लिन रहेका छन् ।

Kisanलोकपप र सेन्टीमेन्टल गीत गाउने किसनले आफ्नो तेस्रो एल्बम समिक्षामा माया लाएर पनि, तिम्रो आखाँमा, आउँदा जादा यो कस्तो माया हो, कालो कपाल, वन्दीपुर र स्याउ जस्ता ६ वटा गीत समावेश गरेका छन् ।

सम्पूर्ण गीतको म्युजिक, लेखन तथा एरेन्ज उनले आफैँ गरेका हुन् । उनको कालो कपाल गीतका युटुबमा २ लाख भन्दा बढी भ्युअर छन् । उनले यस एल्वममा रहेका केही गीतको म्युजिक भिडियो पनि बनाएका छन् । ‘समिक्षा’लाई द म्युजिक ग्यालेरीले बजारमा ल्याएको हो ।

SUBSCRIBE 👉