‘नेपालको संविधानप्रति कलाकार किन वफादार हुदैनन्’


काठमाडौं । गीतकार प्रमिला भण्डारी(सेर्बु)को एल्बम ‘सौभाग्य’मा रहेको पाँच वटा गीतको म्युजिक भिडियो राजधानीमा हालै आयोजित कार्यक्रममा सार्वजनिक गरिएको छ । सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले भिडियो एल्बम सार्वजनिक गरेका थिए ।  कार्यक्रममा मन्त्री लालबाबुले डीभी र पीआरप्रति मोह देखाउने कलाकारप्रति आक्रोश पोखेका थिए । उनले नेपाली कलाकार भनेर अमेरिकामा जाने अनी पेट्रोल भर्ने र डिपार्टमेन्ट स्टोरमा काम गर्ने प्रवृत्ती आफूलाई कति पनि चित्त नवुझेको बताए ।
Shaubhagya‘नेपाल सरकारको विशिष्ट श्रेणीमा रहेका, सरकारी पद दिइएका संगीतसँग आवद्ध मान्छेलाई पनि डीभी र ग्रिनकार्ड किन चाहियो,’ आक्रोशित हुँदै उनले भने, ‘अरु देशको संविधानप्रति वफादार भएर कलाकार त्यता जान्छन्,नेपालको संविधानप्रति किन वफादार हुदैनन् ।’ उनले कलाकारलाई संसारभर गएर देशको नाम उचाइमा पुर्याउन आग्रह गर्दै तर जहाँ गयो त्यही हराउने काम गर्दा आफू दुःखी हुने गरेको बताए ।
Lalbabuगीतकार भण्डारीले स्कुले जीवनमा लेखेका गीतहरु लामो समयपछि बजारमा ल्याउन पाउँदा अत्यन्त खुशी लागेको बताइन् । एल्बममा विवसता, तिम्रो पिरती, जुन क्षितिज र सपनीमा बोलका गीति भिडियो छन् । म्युजिक भिडियोका निर्देशक समन अधिकारी हुन् । गीतमा दिपक शर्मा, हिमाल सागर, कल्याण सिंह, साजन राइको संगीत तथा रामकृष्ण ढकाल, हिमाल सागर, मिलन अमात्य, साजन राईको स्वर छ । भिडियोमा रीमा वीक, सुप्रिया कटुवाल, अयुव केसी, बाबु थापा, लक्ष्मण पाण्डेले फिचरिङ गरेका छन् ।

SUBSCRIBE 👉