नबिनको गीति एल्बम सार्वजनिक


काठमाण्डौं । गायक नविन पौडेलको गीति एल्बम ‘हरेक जातजाति छौं नानाथरी’ सार्वजनिक भएको छ । पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले एल्बम सार्वजनिक गरेका हुन् ।
Nabin Albumकार्यक्रममा वरिष्ठ नेता नेपालले भर्खर नयाँ संविधान जारी भएको अवसरमा ‘हरेक जातजाति छौं नानाथरी’ भन्ने एल्बम यथार्थपरक र समय सान्दर्भिक भएको बताए ।

कल्चर क्रिएशन नेपाल र लोकसञ्चारकर्मी नेपालको संयुक्त आयोजनामा आयोजित कार्यक्रममा राजु परियारले मार्मिक गीत प्रस्तुत गरेका थिए भने साथमा नृत्य र महादेव त्रिपाठीले जादु पनि प्रस्तुत गरेका थिए ।

SUBSCRIBE 👉