‘ऋतु’ सेन्सर पास, सबैले हेर्न पाउने


malaina-joshi-and-raj-ballav-koirala

Malina Joshi and Raj Ballav Koirala

ग्ल्यामर नेपाल, काठमाडौ । केही समययता सेन्सर बोर्डबाट चलचित्र सबैले हेर्न मिल्ने सर्टिफिकेट पाउनेको संख्य न्युन छ । यदाकदा केही चलचित्रले सबैले हेर्न मिल्ने प्रमाण पत्र पाउका भने छन्। यस्तै चलचित्र ‘ऋतु’ले पनि सेन्सरबोर्डबाट सबै वर्गका दर्शकले हेर्न पाउने गरी ‘युनिभर्सल सटिफिर्केट’पाएको छ।

चलचित्रका सबैकुरा सभ्य र राम्रो रहेको भन्दै आफ्नो चलचित्रलाई सेन्सरले ‘युनिभर्सल सटिफिर्केट’ दिएको निर्माता अपिल बिष्टले बताए। उनले भने ‘पछिल्लो समय जुनै पनि चलचित्र सेन्सरले काटेको सुनेको थिए।तर मेरो चलचित्रको भने सेन्सरले कुनै सिनमा पनि कैची चलाएन ‘युगल जोडीको प्रेम कथामा आइपर्ने उतारचढावको बिषयमा निर्मीत ‘ऋतु’मौसम बदलिए जस्तो गरेर बदलिरहने जीवनका तीतामीठा पलहरुलाई पर्दामा उतारिएको निर्माता बिष्टले खुलाए।

चलचित्रमा राजबल्लभ कोईराला र मलिना जोशीको मुख्य भूमिका छ । चलचित्रको लेखनसंदिप बडालले गरेका हुन् भने निर्देशन मनोज अधिकारीको छ । सुसन प्रजापतीले खिचेको यस चलचित्र अष्ट्रेलिया र नेपालका रमाइला स्थानमा छायांकन गरिएको हो ।

SUBSCRIBE 👉