उजनको धेरै माया कसलाई ?


काठमाडौं । झापाली गायक उजन नेम्बाङको एल्बम ‘तस्वीर’मा रहेको ‘तिमीलाई’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । उजनकै शब्द रहेको गीतमा उज्जवल लिम्बुले संगीत दिएका छन् ।
Mukesh-Dikshyaभिडियोका निर्देशक केदार धिताल हुन् । भिडियोमा मुकेश आचार्य र दिक्षा भण्डारीले फिचरिङ गरेका छन् भने यो भिडियो दोलालघाटमा छायांकन गरिएको हो । ज्ञानेन्द्र शर्माले खिचेको भिडियोका सम्पादक माधव बेल्बासे हुन् । मोडलको ड्रेस व्यवस्थापन संगीता खड्गीले गरेकी हुन् ।

चर्चित पुरानो लोक गीत ‘गौरादहको बजारैमा’लाई रिमेक गरेर आधुनिक रुपमा प्रस्तुत गरेका गायक उजन यही गीतले नेपाली सांगीतिक क्षेत्रमा चर्चित बनेका छन् । यसअघिको उनको भिडियो ‘तिमीलाई खुशी’ लाई पनि दर्शकले निकै रुचाएका थिए ।

SUBSCRIBE 👉