‘तोरी लाहुरे’सँग राज – मलिनाको रोमान्स


malina-joshi-and-raj-ballav-koirala-featured-in-nepali-movie-RITU

Malina Joshi and Raj Ballav Koirala

ग्ल्यामर नेपाल, काठमाडौं । शुक्रबारबाट नेपाली पर्दामा दुई नयाँ सिनेमा रिलिज भएका छन्, ‘ऋतु’ र ‘तोरी लाहुरे’। प्रमोशनमा दुवै सिनेमाले कुनै कन्जुस्याई गरेका छैनन्। जसमध्ये कास्ट र कन्टेन्टका हिसाबले ‘ऋतु’ मल्टिप्लेक्स र ‘तोरी लाहुरे’ सिंगल स्क्रिनका दर्शकले रुचाउने अनुमान गरिएको छ।

मनोज अधिकारी निर्देशित ‘ऋतु’ले जसरी समयअनुसार ऋतु बदलिन्छ, सम्बन्ध पनि समय र परिस्थिति अनुसार बदलिन्छ भन्ने सन्देश बोकेको छ। अधिकारीको यो पहिलो फिल्म हो। न्यु नेपाली सिनेमाले गरेको स्क्रिप्ट कम्पिटिसनमा सहभागी २० मध्ये दोस्रो बनेको सन्दीप बडालको स्क्रिप्टमा सिनेमा तयार भएको हो। अपिल विष्टको लगानी रहेको चलचित्रमा राजवल्लभ कोइराला, पूर्व मिस नेपाल मलिना जोशी र रिमा विश्वकर्माको मुख्य भूमिका छ। फिल्मको अधिकांश भाग अष्ट्रेलियामा सुटिङ गरिएको छ।

आजैबाट रिलिज हुन लागेको अर्को चलचित्र ‘तोरी लाहुरे’लाई एनबी महर्जनले निर्देशन गरेका हुन्। चलचित्रमा सुवास थापा, गजित विष्ट, समूना केसी, अशिष्मा नकर्मी, रोहितकुमारलगाएतका कलाकारको मुख्य भूमिका रहेको छ। एण्ड दिलिप फिल्मसको ब्यानरमा दिल कुमार तामाङ र रोशिफ तामाङले निर्माण गरेको फिल्मको कथा कृष्ण आचार्यले लेखेका हुन्। सिनेमाटोग्राफी निरज कँडेलको रहेको छ।

SUBSCRIBE 👉