भट्टीको साउनी सँग किरणले के के गरे? – भिडियो हेर्नुहोस्


नव-गायक अतिस लामाको म्युजिक भिडियो यु–ट्युबमार्फत् सार्वजनिक गरिएको छ। एल्बम ‘भट्टीको साउनी’मा समेटिएको ‘भट्टीको साउनीलाई देखेर, तोङबा तान्न मन लाग्यो’ बोलको गीतको भिडियोमा मोडल किरण लाकौल र सम्पदा बानियाँ लाई फ़िचरिङ्ग गरिएको छ।

kiran lakaul sampada baniyaफोटो पत्रकार श्रीधर पौडेलको निर्देशन तथा छायाँकनमा निर्मित म्युजिक भिडियोमा कहिल्यै भट्टीमा नजाले एउटा युवक एउटी सुन्दर भट्टी साउनीलाई देखेर तोङबा तान्न मन लागेको भावलाई व्यक्त गरिएको छ। यौवन आकर्षणलाई रोमाञ्चित ढंगले म्युजिक भिडियोमा देखाइएको छ। विक्रम थापा र गायक अतिश आफैँले संगीत भरेको गीतको शब्द पनि गायक स्वयंले नै लेखेका हुन्।

SUBSCRIBE 👉