बार्सिलोना पुगेका चर्चित गायक राजेस पायल राईलाई भब्य स्वागत


दशैं विशेष कार्यक्रमका लागि चर्चित गायक राजेश पायल राई बार्सिलोनामा पुगेका छन्। गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेनले नेपालीहरुको महान चाड बिजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा २५ अक्टोबर आईतबार हुने आयोजना हुने कार्यक्रममा सहभागी हुन राई स्पेन पुगेका हुन्। एन आर एन स्पेनका कोषाधयक्ष पेशल कोइराला ,सचिब सुनिल रानाभाट तथा प्रबक्ता सुबाश रानाभाट लगायतले राईलाई एअरपोर्टमा भब्य स्वागत गरे।

Rajesh Payal Raiकार्यक्रममा १० यूरोको टिकट को साथमै आउने गरि भाग्यसाली चिट्ठा समेत राखेको संघले जानकारी गराएको छ साथै स्पेन स्थित सम्पूर्ण संघ सस्थाका प्रतिनिधि लगायत सबैलाई समयमै उपस्तिथित भई महान चाड बिजय दशमीलाई हर्सौलासका साथ मनाउन संघले अनुरोध समेत गरेको छ। कार्यक्रमलाई मर्यादित र सभ्य बनाउन कार्यक्रमलाई सफल पार्नको लागि सस्थाका उपाध्यक्ष राजु शमशेर थापाको सयोजकत्वमा उप समितिहरु समेत गठन गरिएको छ। मंच ब्यबस्थापन सयोजकमा जानुका रेग्मी, बिनिता सास्कृतिक कार्यक्रम सयोजकमा तुल्सी सिवाकोटी खाना ब्यबस्थापन सयोजक बिराज शर्मा स्वयम सेवक दीपक छेत्री प्रचार प्रसार सयोजक सुवास रानाभाट छन्।
Rajesh Payal Rai

SUBSCRIBE 👉