दर्शकमाझ राष्ट्रिय गीत मार्फत सांगीतिक समुह ‘कन्दरा’


लोकप्रिय सांगीतिक समुह ‘कन्दरा’ नयाँ राष्ट्रिय गीतको म्युजिक भिडियो लियर दर्शकमाझ आएका छन्। ‘के पहाड के तराई के हिमाल एउटै नेपाल…’ बोलको गीतमा ब्याण्डका गायक विवेक श्रेष्ठको स्वर छ भने सुनिल थापाले यसलाई संगीतबद्ध गरेका हुन्। थापा नै यो गीतका रचनाकार पनि हुन्।

Kandara Musical Band Bibek Shrestha

गायक श्रेष्ठ भन्छन् -‘यो गीतमार्फत हामीले राष्ट्रिय एकताको कुरा गरेका छौं, नेपालका हिमाल, पहाड तथा तराईमा बसोबास गर्ने सबै नेपाली एक हुन् भन्ने सन्देश पनि दिन खोजेका छौं।’ हिमाल जोशीले निर्देश्ँन तथा सम्पादन गरेको यो भिडियोका छायांकार शिवराम श्रेष्ठ हुन्।

भिडियोमा कन्दरा ब्याण्डका संगीतकर्मीहरु नै प्रस्तुत भएका छन् भने नेपालका विभिन्न प्राकृतिक सौन्दर्य झल्कने तस्बिरहरु समेत प्रयोग गरिएको छ। स्टेरियो रेकर्ड्सले बजार व्यवस्थापन गर्ने कन्दराको नयाँ एल्बममा यो गीत समावेश हुनेछ। स्टेरियो रेकर्ड्सका प्रवन्ध निर्देश्ँक आशिष पराजुलीका अनुसार देशको अफ्ट्यारो परिस्थितीका कारण दसैंअघि नै बजारमा आउनु पर्ने कन्दराको नयाँ एल्बम तिहारलगत्तै बजारमा उपलब्ध हुनेछ।

SUBSCRIBE 👉