सुरु भयो सुब्रतको अधकट्टी


Rista-and-Ashishmaग्ल्यामर नेपाल, काठमाडौँ। अन्ततः सञ्चारकर्मी सुव्रत आचार्यले आलोचकहरुको मुख बन्द गर्न सफल भएका छन्। उनले निर्देशन गर्ने डेब्यू चलचित्र ‘अधकट्टी’ को प्रि -प्राेडक्सनको अवधी लम्बिएपछि चलचित्र क्षेत्रमा यो चलचित्र निर्माण हुने/नहुने बारेमा अनेक टिका टिप्पणी गरिएका थिए। ती सबै टिप्पणीहरुलाई गलत सावित गर्दै निर्माता प्रदिप कुमार उदय तथा निर्देशक सुव्रत आचार्यले चलचित्रको शुभमुर्हुतमात्र गरेनन्, यही फागुन २९ गतेदेखि छायांकन प्रारम्भ हुने घोषणा समेत गरे।

शुक्रवार बिहान काठमाडौंमा शुभमुहुर्त गरिएपछि ‘अधकट्टी’ कहिले देखि बन्छ ? भनेर जिज्ञासा राख्नेहरु शान्त भएका छन्। सञ्चारकर्मी तथा चलचित्रकर्मीहरुको बाक्लो उपस्थितीमा सम्पन्न भएको शुभमुहुर्त समारोहमा चलचित्रका मुख्य कलाकारहरुको औपचारिक परिचय गराइएको थियो।

काडमाडौं र चितवनमा करिव ३५ दिनको सेड्यूलमा छायांकन सम्पन्न गर्ने भनिएको यो चलचित्रमा विल्सन विक्रम राई, गौरव पहारी, अशिष्मा नकर्मी, रिष्ता बस्नेत, गजित विष्ट, प्रदीप बास्तोला, जीत राघव आदि कलाकारले अभिनय गर्नेछन्। चलचित्रमा नायिका नम्रता श्रेष्ठले एउटा आइटम गीतमा नृत्य गर्नेछिन्। समारोहलाई सम्बोधन गर्दै निर्देशक आचार्यले अधकट्टी आम दर्शकका लागि बन्ने चलचित्र भएको बताए। चलचित्रमा राजन इशान र बसन्त सापकोटाको संगीत तथा कविराज गहतराज र गम्भिर बिष्टको नृत्य निर्देशन रहनेछ भने रोशन श्रेष्ठले यसमा द्वन्द्व निर्देशन गर्नेछन्।

सञ्चारकर्मी सुवास ढकालको कथालाई विजय अधिकारी तथा जया शर्माले पटकथा तथा संवाद तयार पारेका हुन्। शुभमुहुर्त समारोहमा चलचित्रका गीतहरु सुनाइएको थियो। प्रल्हाद तिमिल्सिना, युवराज चौलागाईं, निशा देसार, राजन ईशान आदिले चलचित्रका गीत गाएका छन्।

Images : Maheswor Man Singh / GlamourNepal

SUBSCRIBE 👉