राई इज किङ्ग चर्चित गायक राजेस पायल राई हाल युरोपमा सांगीतिक भ्रमण गरिरहेका छन्। यसै क्रममा राईको डेनमार्क सुन्दरी ‘मिस डेनमार्क’ जेसिका जोसेफिना संग जम्का भेट भएको छ। डेनमार्कमा नै अध्ययन गायक राजमान तामांगले उनीहरुको जम्का भेट गराई दिएका हुन्। भेटमा उनले जेसिका सँग नेपालको हालको जटिल अवस्थाबारे कुराकानि गरे। साथै उनले गौतम बुद्ध र सगरमाथाको देश नेपाल हो भनि जानकारी समेत गराए।

Singer Rajesh Payal Rai With Demi Moore (Hollywood Actress) & Jessica Josephina (Miss Denmark 2015 )
जेसिका सँग भेट्नु अघि उनले हलिउड नायिका देमी मोर सँग पनि भेटघाट गरिसकेका छन्। राईको नोभेम्बर २२ तारिकका दिन कोपनहेगनमा भब्य सांगीतिक कार्यक्रम आयोजना हुँदै छ। कार्यक्रमको संयोजन जितेन कार्कीले गर्दैछन।