गायनमा जम्दै परशुराम रिजाल, ‘काब्य’ले दिलायो सफलता


गायक परशुराम रिजालको चर्चा पछिल्लो समय नेपाली सांगीतिक बजारमा चल्न थालेको छ। केहि महिना अघि सार्वजनिक उनको पहिलो एकल स्वर रहेको एल्बम “काब्य”ले उनलाई यो सफलता दिलाएको हो।

२०५६ सालमै गायक बन्ने सपना बोकेर राजधानी छिरेका उनलाई अहिले बल्ल सपना पुरा भएजस्तो लाग्छ। उनी भन्छन-“मेरो सपना पुरा भएको छ, अब संगीतमै केहि गरेर देशका लागि पनि केहि गर्न चाहन्छु।” सुगम संगीतमा खारिएका उनी बिगत १० बर्षदेखि संगीत ब्यवासायमा पनि सक्रिय छन। उनले संचालनमा ल्याएको म्युजिक कम्पनि “भाइब्स क्रियशन”को पनि सांगितिक क्षेत्रमा राम्रो स्थान छ। आफै पनि गायक भएकाले आफ्नो कम्पनीबाट निस्कने सबै गीत र एल्बमहरु उत्कृष्ट र गुणस्तरिय हुने गरेको उनको भनाई छ।
parshuram rijalगायक बन्नुको श्रेय उनी गीतकार राजुबाबु श्रेष्ठलाई दिन्छन। राजुबाबुकै गीत “आगो सल्काई… ” [भिडियो] उनले पहिलोपटक गाएका थिए। हरि लम्सालको संगीतमा गाएको उक्त गीत एल्बम काब्यमा समावेश छ। यसबाहेक उनकै स्वरमा एल्बमको अन्य गीतहरु बरु मै मरुँला [भिडियो], भोकैमा भोजन मिठो, मुटु चिरी माया लाऔ र मेरै गाउँको पानीलाई पनि स्रोताले रुचाएका छन।

विभिन्न कलेक्सन एल्बमहरुमा पनि स्वर दिइसकेका उनले अबको जीवन गीतसंगीतमै समर्पण गर्ने बताए। सुगम संगीतमा राम्रो सम्भावना बोकेका उनले अब छिट्टै केहि नयाँ गीतहरु सार्वजनिक गर्ने तयारीमा रहेको बताए। आफु र आफ्नो कम्पनीले सधै दर्शक स्रोताको चाहनाअनुसारकै गीतसँगीत पस्कने उनले दाबी गरे।

भिडियो हेर्नुहोस् : # आगो सल्काई मुटु भित्र…# बरु मै मरुंला प्रिय…

SUBSCRIBE 👉