गरिमाको गरिमा


Garima-Panta-Photo

Actress Garima Panta | Photo by Kamal Shrestha

ग्ल्यामर नेपाल, काठमाडौँ। चलचित्र ‘झोला’ को सफलतासंगै नायिका गरिमा पन्तको लोकप्रियता पनि चुलिँदै छ। उनी अहिले कलाकारिताका साथै सामाजिक कार्यमा पनि सक्रिय हुन थालेकी छिन्। विहिवार कीर्तिपुर भत्केपाटीमा रहेको सफलता एच.आई.भी शिक्षा सदनका बालबालिकाहरुलाई उनले अभिनय गरेको चलचित्र ‘झोला’ देखाउन आफू स्वयम गोपीकृष्ण हलसम्म पुगिन्। उनको चलचित्र हेरेर बालबालिकाहरु निकै बेर रोएका थिए। किन रोएको भन्ने प्रश्नमा आफ्नो मरेकी आमाको याद आएर रोएको भन्ने जवाफ दिएका थिए।

garima-panta

पहिचान सहितको नेपालकै पहिलो विद्यालय सफलता एच.आई.भी शिक्षा सदनमा १७ जना संक्रमित बालबालिकाहरु रहदै आएका छन्। उनीहरुको लालनपालन, स्वास्थ्य उपचार, शिक्षा एवं अन्य आवश्यकताहरु समाजसेवीद्वारा यूवा राजकुमार पुन र उमा गुरुङले विगत ५ वर्षदेखि सहयोग गर्दै आइरहेका छन्। डेढ दर्जनभन्दा बढि चलचित्रमा अभिनय गरिसकेकी गरिमाले चाहना मनको, अपराजिता, सिन्दुर जस्ता चर्चित सिरियलहरुमा पनि मूख्य भूमिका निर्वाह गरिसकेकी छिन्। ग्रामिण विकास विषयमा स्नात्तोकत्तर गरिरहेकी गरिमाले सामाजिक क्षेत्रमा आवद्घ हुंदै भविष्यमा पनि सफलता एच.आई.भी शिक्षा सदनलाई सहयोग गर्ने प्रतिवद्घता जनाएकी छिन्।

SUBSCRIBE 👉