रुपक डोटेलको गीतमा रिमा र अयुबको माया जाल [भिडियो]


‘सपनी राम्रो देखिन, बिपनीमा भेतिन…’ ‘मुस्कानमा अल्झियँ…’ लगायत थुप्रै कर्णप्रिय गीतहरु गाएर चर्चामा रहेका गायक रुपक डोटेलको नयाँ म्युजिक भिडियो सार्बजनिक भएको छ। डोटेलको पछिल्लो सांगीतिक एल्बम “उमङ्ग २ -उल्लास” मा रहेको “बुन बुन माकुरी मायाको जाल बुन” बोलको गीतको भिडियो सार्वजनिक भएको हो।

reema bishwokarma ayub kc nepali actors

रोमान्टिक म्युजिक भिडियोमा रिमा विश्वकर्मा र अयुब केसीलाई फ़िचरिङ्ग गरिएको छ। गीतमा एकनारायण भण्डारीको शब्द र आलोक श्रीको संगीत रहेको छ। रोशन श्रेष्ठ, शिवराम श्रेष्ठ र गंगा थापाको सिनेम्याटोग्राफी रहेको भिडियोलाई प्रविन श्रेष्ठले सम्पादन गरेका हुन्। रिमा र अयुबको रोमान्टिक पलहरुलाई रोचक तरिकाले प्रस्तुत गरिएको भिडियो दिपेन्द्र केसीले निर्देशन गरेका हुन्। भिडियो बिन्दबाशिनी म्युजिकको अफिसियल यु ट्युब च्यानलबाट सार्बजनिक गरिएको हो।

SUBSCRIBE 👉