साजनको पिडामा स्वस्तिमा र गम्भिरको माया पिरती [भिडियो]


​गायक साजन राइको ‘पीडा’ एल्बममा समावेश ‘माया प्रिती’ बोलको म्यूजिक भिडियो तयार भएको छ। गीतमा रमेश कार्कीको शब्द र संगीत छ। गीतको भिडियो फोटो पत्रकार श्रीधर पौडेलको छायाँकन र निर्देशनमा निर्माण भएको हो। भिडियोमा गम्भिर बिष्ट र स्वस्तिमा खड्कालाई फ़िचरिङ्ग गरिएको छ। रकिंग बेसको गीतमा कलेज हुने सांगीतिक कार्यक्रमका केहि दृश्य सहित गम्भीर र स्वस्तिमा को रमाईला पलहरुलाई समेटिएको छ।
Swastima Khadka Gamvir Bista

गम्भिर बिस्ट पेशाले नृत्य निर्देशक हुन् तर, उनले म्यूजिक भिडियोमा पनि अभिनय गर्दै आएका छन्। स्वस्तिमा भने चलचित्र र भिडियोमा अभिनय गर्दै कलाकारितामा अगाडि बढिरहेकी छिन्। भिडियोलाई निशान घिमिरे गरेका हुन्।

हेर्नुहोस् गायक साजन राईको म्युजिक भिडियो – माया प्रिती

SUBSCRIBE 👉