‘भर्खरै भर्खरै…’ नयाँ म्युजिक भिडियोका साथ देखापरे गायक रोज मोक्तान


गायक तथा संगीतकार रोज मोक्तान सांगितीक बजारमा नयाँ म्युजिक भिडियोका साथ देखापरेका छन्। उनले आफ्नो पछिल्लो एल्बम ‘मौलिकता’को तेस्रो गीत ‘भर्खरै भर्खरै…’बोलको म्युजिक भिडियो सार्वजनिक गरेका छन्। भिडियोमा बिनय मोक्तान, पार्वती राई र गायक स्वयम समेत अभिनय छ। मिलन लामाको शब्द संगित रहेको गितमा मधुर बस्नेतको छायांकन र राजाबाबु केसीको निर्देशनमा निर्माण भएको हो। करिब दुई बर्ष अगाडी सार्वजनिक एल्बम ‘मौलीकता’को यस अगाडी ‘भमरा भुल्यो यानी माया..’ र ‘गोर्खाली गोर्खाली…’बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भईसकेका छन्।

singer roj moktanदर्शकको चाहना र माग अनुसार अहिले आफुले तेस्रो गितको म्युजिक भिडियो ल्याएको मोक्तानले बताए। ‘दर्शकमा मेरो एल्बमको सबै गितको म्युजिक भिडियो आइदियोस् भन्ने इच्छा भएको मैले पाएको छु ‘ रोजले भने ‘दर्शकको चाहाना अनुसार एल्बमका सबै गितको क्रमस भिडियो सार्वजनिक गर्नेछु।’ एल्बमको समाबेश गीत ‘सिरसिरे हावा चल्यो …’ गितको म्युजिक भिडीयो पनि छिटै ल्याउने उनले बताए। जसलाई मनाङ र मुस्ताङको हिम श्रृखलामा छायांकन गर्ने तयारी आफुले गरिरहेको उनको भनाई छ।

०५२ मा तामाङ भाषाको एल्बमबाट गायन करियर सुरु गरेका रोजको नेपाली भाषाका एल्बम डब्फुरे ,चेप्टे सुन, सम्धिनी ,मौलिकता र तामाङ भाषाको दर्जन एल्बम गरी डेढ दर्जन एल्बम बजारमा आएका छन्। नेपाली र तामाङ भाषाका चलचित्रका अलवा थुप्रै कलेक्सन एल्बममा समेत स्वर दिएका रोज देश बिदेशमा समेत परिचित छन्।

‘कलकत्ते काइयो…’ ,‘ हेलम्बुको बजारमा..’ ,‘ हिउ पर्यो फुरुरु…’, ‘रातो रातो गाला..’, ‘झमझम स्टकोट…’, ‘झिम्काई देउ परेली…’ , ‘आखाको रमझम…’, ‘यानी माया…’लगायतका लोकप्रिय गीतहरुका यी गायकले बिदेशमा हुने थुप्रै संगितीक कार्यक्रमहरुमा समेत आफ्नो प्रतुती दिइसकेका छन्।

२०४८ मा रेडियो नेपालबाट स्वर परिक्षा उत्रिण गरेका रोजले स्वर्गीय संगित सम्रात गोपाल योञ्जन, प्रकाश गुरुङ, गुरुदेव कामदलगायत सँग संगितीक शिक्षा हासील गरेका छन्। बिभिन्न सामाजीक संस्थाहरुमा रहेर समाजिक कार्यमा समेत कार्य गर्दै आएका रोज हाल नेपाल प्रस्तोता समाज, नेपाल तामाङ कलाकार संघ, सेभेन संमिट फाउन्डेसन, नेपाल रोयल्टी संकलन समाज सँग अवद्ध छन्।

SUBSCRIBE 👉