मिष्टर नेपाल विजेता अब मिष्टर वर्ल्डमा


मिस्टर वल्र्डमा प्रतिनिधि पठाउने उदेश्यले एक्सपोज नेपाल डटकमले पुरुषहरुको सौन्दर्य प्रतियोगिता ‘मिस्टर नेपाल २०१६’ आयोजना तयारी गरेको छ। स्वदेशमा आयोजना हुँदै आएको पुरुषहरुको सौन्दर्य प्रतियोगिता ‘मिष्टर नेपाल’ बिजेताले यस बर्षबाट ‘मिस्टर वल्र्ड’मा सहभागिता जनाउन पाउने ब्यवस्था मिलाएको आयोजक एक्सपोज नेपालका अध्यक्ष दिनेश शाहीले बताए।

Mr Nepal

Mr Nepal | File Photo

एक्पोज नेपालले एक बिज्ञाप्ती मार्फत १४ औ संस्करण्ँ ‘मिस्टर नेपाल २०१६’ आगामी फागुनमा हुने जनाउदै प्रतियोगिताका लागी आवेदन खुल्ला भएको जानकारी गराएको छ। युवाहरुको प्रतिभालाई प्रोत्साहित गर्नुका साथै समाजमा जिम्मेवार नागरिक बनाउन यो प्रतियोगीता सहायक सिद्ध हुने बिश्वास आयोजकका छ।

१६ बर्षदेखि ३५ बर्ष ननाघेका युवाहरुले प्रतियोगीतामा सहभागीता जनाउन पाउने छन्। काठमाडौ ,पोखर, बिराटनगर, चितवन, धरानलगायत देशका प्रमुख शहरमा आयोजना हुने पहिलो चरणको अडिसनबाट छानिएर आएका प्रतियोगीलाई मात्र अन्तिम स्पर्धामा सहभागिता गराईनेछ।

देशैभरि छरिएर रहेको प्रतिभालाई समेट्ने उद्देश्यले आयोजना गर्न लागीएको प्रतियोगितामा बिभिन्न चरणबाट छानिएका ४० देखि ४५ सम्मका अन्तिम प्रतियोगिलाई स्वमिङ, फुटबल, रक क्लाइमिङ , समाजसेवा, सर्ट हाइकिङग, क्याटवाक, व्यक्तित्व विकास, पब्लिक स्पिकिङ लगायतका बिधाका बिषेश प्रशिक्षण बिभिन्न अनुभवी व्यक्तित्वहरुद्धारा दिइनेछ ।

सन् २००१बाट सुरु भएको मिष्टर नेपालमा रोहित थेवे, जिवन लुईटेल, गौतम सुवेदी , उज्वल घिमिरे ,सुरेश घिमिरे ,डा. आयुष्मान घिमिरे , सुरेश गैले , सुरज चिल्वाल ,सन्दिप पोखरेललगायत बिजेता घोषित भइसकेका छन्।

SUBSCRIBE 👉