जाडो मौसममा आफ्नो सुन्दरता कायमै राख्नकालागि घरेलु उपायहरु


धेरैको एउटै चाहना हुन्छ, सुन्दरतामा निखार ल्याउनु। तर, जाडोको समय सुन्दरतामा ह्रास आउन सक्छ। हामी सुन्दरताका लागि अनेक कस्मेटिक सामाग्री प्रयोगका साथै नियमित पार्लर पनि गएकै हुन्छौं। तर, घरमै सहज रूपमा उपलब्ध हुने तेलबारे भने धेरैलाई जानकारी नहुन सक्छ। कस्मेटिक भन्दा घरमै पाइने तेल सुन्दरतामा निखार ल्याउन अझ बढी प्रभावकारी हुन्छ। तेलले छालामा स्वच्छ तथा चमक प्रदान गर्नुका साथै ओठलाई नरम, नङलाई बलियो बनाउन पनि एकदमै उपयोगी मानिन्छ। तल दिइएका टिप्स आफैं प्रयोग गरी हेर्नुहोस् र आफैं फरक महसुस गर्नुहोस्।
Skin Care in winter Season

# जाडो मौसममा छालालाई चिसोबाट जोगाउन एक चम्चा क्यास्टर अएल र आधा चम्चा गुलाबजल मिलाउने। हरेक रात सुत्नुअघि अनुहारमा लगाउने र बिहान मनतातो पानीले पखाल्ने।

# घामले डढेको छाला छ भने त्यसलाई हटाउन जैतुनको तेल र भेनेगर बराबर मात्रा मिसाउने र नुहाउनु एक घण्टा अगाडि त्यसलाई लगाउने।

# सुख्खा छालाका लागि जैतुनको तेलमा नरम कपडा भिजाएर नाक र आँखा भएको ठाउँमा प्वाल बनाएर अनुहारलाई छोप्ने। आधा घण्टापछि सफा कपडाले पुछ्ने। यो प्रक्रिया राति सुत्नुअघि गर्ने र बिहान उठेर मनतातो पानीले अनुहार धुने।

# एन्टी रिङ्कल क्रिम बनाउन एक चम्चा जैतुनको तेल र अण्डा मिसाएर अनुहार तथा घाँटीमा लगाई त्यसलाई सुक्न दिने। सुकेपछि तातो पानीमा एक चम्चा सोडा मिसाई कटनले राम्ररी पुछ्ने।

# सबैभन्दा राम्रो ब्युटी मास्क बनाउन एक चम्चा चनाको पिठोमा सुन्तला बोक्राको पाउडर, जैतुनको तेल र एक चम्चा मोही मिसाउने। यो लेपलाई आफ्नो अनुहार तथा घाँटीमा लगाउने र सुकेपछि हातले रगड्ने। त्यसपछि मनतातो पानीले अनुहार सफा गरी चिसो पानीले मुख धुने। यसले तपाईंको अनुहारमा भएको दाग हटाउन पनि मद्दत गर्छ साथै तपार्इंको छालालाई नरम तथा चमक प्रदान गर्छ।

# अनुहारमा धेरै दाग छन् भने पहिला १० मिनेट बाफ लिने। राम्ररी क्लिन्जिङ गरी नरम कपडाले पुछ्ने। त्यसपछि एक चम्चा जैतुनको तेलमा आधा चम्चा कागतीको रस मिसाएर अनुहारमा मसाज गरी २० मिनेटपछि अनुहारमा आइस ५ मिनेटसम्म राख्ने।

# अनुहारमा कालो धब्बा तथा सुख्खा छ भने एक चम्चा चनाको पिठोमा एक चम्चा बेसार, केही थोपा कागतीको रस, आधा चम्चा जैतुनको तेल र दूध मिसाएर लेप तयार गरी अनुहारमा आधा घण्टा राखेर सफा गर्ने।

# अनुहारमा नरमपना तथा चमक ल्याउन राति सुत्नुअघि बेबी तेल अनुहार तथा घाँटीमा लगाउने।

# सुख्खा तथा फुटेको छालामा एक चम्चा बदामको तेल, कागतीको रस र दूधको क्रिम राखेर लेप तयार पार्ने। त्यसलाई हरेक रात सुत्नुअघि आफ्नो अनुहार तथा घाँटीमा लगाउने।
# सुख्खा छालालाई सफा राख्न अण्डाको पहेँलो भाग, आधा चम्चा जैतुनको तेल र कागतीको रस मिसाएर अनुहारमा सुत्नेबेला लगाउने।

# जाडो महिनामा छालालाई सुख्खापनबाट बचाउनु छ भने दुई चम्चा जैतुनको तेल र आफूलाई मनपर्ने पर्फ्युम मिसाई छालामा मसाज गर्नुहोस्। तपाईंले आफ्नो छाला नरम, कोमल र चमकयुक्त पाउनुहुन्छ।

# तपार्इंको नङ कमजोर छ भने बेबी अयलमा सेतो आयोडिन मिसाएर लगाए नङ बलियो हुन्छ।

# तपाईको ओठ फुस्रो छ भने राति सुत्नुअघि बेबी अयलले मसाज गर्ने।

– सन्जिना श्रेष्ठ / स्वास्थ्य खबर पत्रिका

SUBSCRIBE 👉