अमेरिका र अष्ट्रेलीया पुगेका दुई भाईले सम्झीए नेपालले सामना गरीरहेको संकटलाई [भिडियो]


नेपाल कष्टमा रहँदा आम नागरिकलाई दैनीक गुजारा गर्न गाह्रो परिरहेको छ। भूकम्पको विध्वंशबाट तंग्रीन नपाउँदै मधेश आन्दोलन र अत्यावश्यकीय सामग्रीको आपुर्ति समस्याले देशलाई कठिन मोडमा पुर्याएको छ। यसको प्रत्यक्ष असर स्वदेशमा रहेका जनताहरुमा परेको छ। यद्यपी, विदेशमा रहेका नेपाललाई माया गर्ने नेपाली पनि चैनले बस्न, सुत्न सकेका छैनन्। नेपालीले भोगिरहेको समस्याले उनीहरुको मनमा पिडा परेको छ। त्यो पिडा सबैले व्यक्त गर्न सकिरहेका छैनन्। विदेशमा रहेका नेपालीको प्रतिनिधि आवाजलाई दुई युवाले गीत मार्फत व्यक्त गरेका छन्।Nepali Patriotic Song by Lakpa Yak & Razz EyE

अष्ट्रेलीयामा बस्दै आएका नेत्र सापकोटा (राज आई) र अमेरिकामा बस्दै आएका लाक्पा शेर्पा (लाक्पा याक) ले आफ्नो दुखेको देशलाई भर्खरै गीत मार्फत सम्झीएका छन्। नेपाल आमाको मुहारमा देखिएको कालो छाँया हटाउनका लागि नेपाली नै जाग्नु पर्नेमा जोड दिँदै उनीहरुले देश बनाउछु भन्नेहरु नै आतंक फैलाउन उद्धत रहेको सन्देश दिएका छन्।

बन्द, हड्ताल, आन्दोलनमा विद्यार्थी सहभागि हुने, जनताको सुरक्षाका लागि खटिएका प्रहरीसँग हुने द्धन्द्धप्रति पनि उनीहरुले दुख व्यक्त गरेका छन्। सन् २०१५ नेपालका लागि पिडादायी भएको सम्झना गर्दै उनीहरुले नयाँ पुस्ताले नै अब देशको विकास गर्नु पर्नेमा गीतमार्फत नै आग्रह गरेका छन्। हेर्नुहोस् राज आई र लाक्पा याकको गीत।

SUBSCRIBE 👉