गणेश गुरुङको सल्ला धुपैले – मायाप्रेममा भुलेका जोडीहरुको कथा [भिडियो]


गायक गणेश गुरुङले आफ्नो पछिल्लो गीतिसंग्रह सल्ला धूपैले लिएर आएका छन्। लोकदोहोरी क्षेत्रमा नाम कमाएका गायक गुरुङले आफ्नो गायनको डेढ दशकभित्र धेरै सफल गीत दिइसकेका छन्। मनकामना केवलकारमा गेट बोलको गीतबाट गायनको करिअर सुरु गरेका गायक गुरुङले दोहोरी एवं सालैजो जस्ता मौलिक पहिचान बोकेका गीतहरु गाइसकेका छन्। उनको शब्द र लयमा प्रायजसो आफ्नै गाउँ परिवेशको सुगन्ध पाइन्छ। गोर्खामा जन्मिएका गायक गुरुङले प्रायजसो गण्डकी, धौलागिरीतिर चल्ने वास्तविक लोकलयलाई नै बढी केन्द्रित गरे गीत बजारमा ल्याउने गरेका छन्।singer ganesh gurung

मिठो स्वरका धनी गायक गणेश गुरुङको शब्द र स्वरमा सजिएको गीत सल्ला धुपैले गीतमा मायाप्रेममा भुलेका जोडीहरुको कथालाई समेटेर गायक गुरुङले शब्द संयोजन गरेका छन्। गाउँले परिवेशमा रहेर उनले मौलिकतालाई गीतमा पस्किएका छन्। गायनको डेढ दशक बितिसक्दा उनले धेरै समधुर गीतहरु गाए। गीतमा मौलिकता भए मात्र त्यसको मर्म प्रष्ट हुन्छ भन्ने गायक गुरुङ यतिबेला भने युके भ्रमणमा छन्।

भिमकला गुरुङ र गायक गणेश गुरुङको संयुक्त प्रस्तुतिको रुपमा बजारमा आएको यो गीतमा गायक गुरुङलाई भीकलाले स्वरमा साथ दिएकी छिन्। रोहित क्षेत्रीको थेगो रहेको यस गीतको म्यूजिक भिडियोलाई प्रकाश भट्टले निर्देशन गरेका छन्। करण चैंसिरको छायाँकन र विष्णु शर्माको सम्पादन रहेको यस गीतलाई साई भिजन प्रालिले बजारमा ल्याएको हो। यस गीतको म्यूजिक भिडियोमा दिपेन गुरुङ र डिम्पल मगरको अभिनय रहेको छ।

SUBSCRIBE 👉