कर्कलाको पानीले ‘तिर्खा’ मेटाउदै मदन – भिडियो


गायक मदनकुमार राई सोलो भिसिडी एल्बम ‘तिर्खा’ लिएर आएका छन्। राजधानीमा एक समारोहबीच ‘तिर्खा’को संगीतकार भुपेन्द रायमाझी, शान्तिराम राईलगायतले विमोचन गरे। एल्बम विमोचनपछि गायक राईले आफ्ना डेड दशकअघिदेखिको रहर र इच्छा पुरा भएको बताए। ०५८ सालतिरै गायक बन्ने उद्देश्यले सांगीतिक साधना सुरु गरेका बताउँदै गायक राईले भने, ‘अहिले आएर बल्ल त्यो रहर पुरा गर्न पाएँ।’

New Nepali Music Video

एल्बम ‘तिर्खा’ मा ओमप्रकाश राईको सोलो संगीत सुन्न सकिन्छ। एल्बममा सेर्बा राईको एकल शब्दरचना रहेको ‘तिर्खा’ मा गाउँकी गोरीले, त्यो कान्छीको मुहारै राम्रो, तिम्रो जस्तो दुइटा मुटु र कर्कलाको पानी हो जीवन बोलका गीत रहेका छन्। सन् २००१ देखि रोजगारीको सिलसिलामा अबुधावीमा बस्दै आएका गायक राईको ‘तिर्खा’ का चारै गीतको म्युजिक भिडियो निर्देशन संगीतकार ओमप्रकाशले नै गरेका छन्।

एल्बमलाई ओसियन म्युजिकले बजारमा ल्याएको हो। गाउँकी गोरीले र कर्कलाको पानी हो जीवन बोलको गीतको म्युजिक भिडियोसमत रिलिज गरिएको छ।

SUBSCRIBE 👉