‘अझै पनि’मा विजय लामाको लिड रोल !


vijay-lamaग्ल्यामर नेपाल, काठमाडौं । धेरैले अनुमान गरेका थिए, हलिउड फिल्म ‘एभरेष्ट’ खेलेपछि विजय लामाले नेपाली फिल्म खेल्दैनन्। तर विजयले यो अनुमान गलत सावित गरिदिएका छन्। आलोक नेम्वाङको निर्देशन रहने फिल्म ‘अझै पनि’मा विजयको लिड रोल रहने लगभग पक्का भएको छ। विजय स्वयम:ले यसको खुलासा गरेका हुन्। ग्ल्यामर नेपालसँगको कुराकानीमा उनले ‘अझै पनि’मा अभिनय गर्ने योजना सुनाएका हुन्। निर्देशक आलोक र निर्माता सुदर्शन थापाले केही समय अगाडि विजयलाई फिल्मको प्रस्ताव राखेका थिए। सोही प्रस्तावमा उनले ग्रिन सिग्नल देखाएका हुन्। यद्यपी उनी अफिसियल रुपमा अनुबन्ध भने भइसकेको छैन्।

‘रोल मन परेकोले खेल्ने योजना बनाएको हुँ,’ विजयले मुस्कुराउँदै भने, ‘आशा छ, फिल्म निकै राम्रो हुनेछ।’ आलोक र सुदर्शनजस्ता नयाँ पुस्तासँग काम गर्न आफू निकै उत्साहीत रहेको उनले सुनाए। हाल प्रि–प्रोडक्सनको क्रममा रहेको फिल्म ‘अझै पनि’को सुटिङ वैशाखबाट सुरु हुँदैछ। फिल्ममा निमार्ता सुदर्शनलाई पनि नायकको रुपमा देख्न पाइने छ। नायिकाचाही छनौटकै क्रममा रहेको बताइएको छ।

विजय अभिनित हलिउड फिल्म ‘एभरेष्ट’का निर्देशक बाल्टासर कोरमाकार हुन्। फिल्ममा उनले पाइलटहरुको ‘आइकनिक आइडियल’ कर्णेल मदन केसीको भूमिका निर्वाह गरेका छन। केसीले आफ्नो ज्यान हत्केलामा राखेर १० मे १९९६ मा सगरमाथामा आएको हिम पहिरोमा परेका विदेशी नागरिकको उद्धार गरेका थिए। फिल्मको छायाँकन नेपाल र इटालीमा भइसकेको छ। बाँकी छायाँकन जेम्स बण्ड बन्ने लण्डनको पाइन स्टुडियोमा हुँदैछ। सुटिङका लागि विजय केही दिनमा लण्डन उड्दैछन्।

SUBSCRIBE 👉