गीतकार करिश्मा घमको दोस्रो गिती एलबम “मुटु” [म्युजिक भिडियो सहित]


बेलायतमा बसे पनि स्वदेशको सम्झनामा कलम चलाउँदै आएकी गीतकार करिश्मा घमको दोस्रो गिती एलबम “मुटु” शुक्रबार राजधानीमा आयोजित एक समारोहबिच सार्वजनिक गरिएको छ। यस अघि उनको “गुनासो” नामक एलबम सार्वजनिक भई सकेको छ।

karishma gham album mutuविन्ध्यवासिनी म्युजिक कम्पनीद्धारा आयोजित समारोहमा प्रमुख अतिथी गीतकार डा. कृष्णहरी बराल, एलबमको उत्पादक संस्था विन्ध्यवासिनी म्युजिक कम्पनीका प्रवन्ध निर्देशक सुवास रेग्मी, सांस्कृतिक संस्थानका महाप्रवन्धक राजेश थापा, संगीतकार संघका अध्यक्ष लक्ष्मण शेष, संगीत उत्पादक समाजका महासचिव लक्ष्मण हुमागाईं, नेपाल चलचित्र निर्देशक समाजका अध्यक्ष दिनेश डिसी, चलचित्र पत्रकार संघका अध्यक्ष शान्तिप्रिय, कामना मासिकका सम्पादक विदुर गिरी, गायिका कोमल वली, निर्देशक तथा अभिनेता निर्मल शर्मालगायतले एलबम सार्वजनिक गरेका थिए।

विमोचित एलबममा एउटा म्युजिक ट्रयाकका साथ मुटु माझ, नेपालकी छोरी, तिमी मेरो, आंशु लुकाई, तिमी छ्यौ र जहिलेदेखि बोलका आधा दर्जन गीत छन्। एलबमका गीतहरुमा घामको एकल शव्द रचना र राजेश थापाको एकल संगीत छ भने राजेशपायल राई, स्वरुपराज आचार्य, अञ्जु पन्त, दीपक लिम्बु, रजिना रिमाल, मिलन अमात्य र मेलिना राईले स्वर भरेका छन्।

कार्यक्रममा एलबममा संगृहित आंशु लुकाई बोलको गीतमाथि बनाइएको म्युजिक भिडियोसमेत सार्वजनिक गरिएको थियो। भिडियोको निर्देशन सुवास रेग्मीले गरेका छन् भने यसमा गजित विष्ट र अनु शाहले अभिनय गरेका छन्। सो अवसरमा एलबमका गायक गायिका तथा प्राविधीक र म्युजिक भिडियोका मोडलहरुलाई मायाको चिनो प्रदान गरिएको थियो।

SUBSCRIBE 👉