कसको शिरमा मिस पोखरा २०१५ को ताज ?


तीन भिन्दा भिन्दै अडिसनबाट छानिएका २० सुन्दरीहरु यतिबेला प्रशिक्षणको अन्तिम चरणमा छन्। मिस पोखराको आयोजक संस्था पोखरा जेसिजले सहभागी युवतीहरुका लागि नेतृत्व र व्यक्तित्व विकासको बारेमा प्रशिक्षण दिएको हो। यो पटक मिस पोखरा इभेन्ट म्यानेजमेन्ट ‘इभेन्ट्स फर यू’ले गर्दै छ। व्यवस्थापनको हिसाबले मिस पोखराको यो सँस्करणलाई निकै उत्कृष्ट तवरले अगाडि बढाईराखे ईभेन्ट्स फर यूका अध्यक्ष विशाल गुरुङले बताएका छन्। मिस पोखरा २०१५ को कोरियोग्राफी संचारकर्मी तथा फेशन कोरियोग्राफर जयन सुब्बा मानन्धरले गर्दैछिन।

miss pokhara 2015पोखराको हकमा सुन्दरी प्रतियोगिताको विजेतालाई गोल्डेन क्राउन पहिराउन लागिएको यो पहिलो पटक हो। मिस पोखराको सातौँ सँस्करणको विजेताले पुरस्कार स्वरुप पचास हजार नगद, एउटा स्कुटर र गोल्डेन क्राउन प्राप्त गर्नेछिन्। त्यस्तै प्रतियोगिताको फस्ट रनर अपले ३० हजार रुपैयाँ र सेकेन्ड रनरअपले २० हजार रुपैयाँ प्राप्त गर्नेछन्। मिस पोखरा २०१५ को ग्रान्ड फिनाली पोखरा सिटी हलमा पुष १५ गते बुधबार (३० डिसेम्बर २०१५) मा हुँदै छ।

SUBSCRIBE 👉