‘मिष्टर नेपाल २०१६’ का लागी २१ युवा छानिए


एक्सपोज नेपालको आयोजनामा पुरुषहरुको सौदर्य प्रतियोगीता मिष्टर नेपालको १४ औं संस्करण ‘मिष्टर नेपाल २०१६’ का लागी २१ युवा छानिएका छन्। राजधानी र मोफसलका सहरमा आयोजित बिभिन्न चरणको अडिसनबाट यी प्रतियोगी अन्तिम स्पर्धाका लागी छानिएका हुन्। छानिएका प्रतियोगीले आगामी फागुनमा आयोजना हुने अन्तिम स्पर्धामा शिर्ष उपाधिका लागी भिड्ने छन्।

mr nepal 2016यो संस्करणमा बिजेता छानिएका एक युवाले ‘मिस्टर वल्ड २०१६’मा नेपालको प्रतिनिधित्व गर्न पाउने ब्यवस्था मिलाएको आयोजक एक्सपोज नेपालका अध्यक्ष दिनेश शाहीले बताएका छन्।

युवाहरुको प्रतिभालाई प्रोत्साहन गर्दै अन्तराष्ट्रिय स्तरमा नेपालको प्रतिनित्व गर्न सक्ने जिम्बेवार नागरिक बनाउने उदेश्य प्रतियोगीताको रहेको छ। १६ देखी ३५ ननाघेका युवाहरुको प्रतियोगीतामा सहभागिता रहनेछ।

अडिसनबाट छानिएका प्रतियोगीलाई अन्तिम स्पर्धाका लागी रक क्लाइमिङ ,स्वमिङ, फुटबल ,सर्ट हाइकिङग ,समाज सेवा, पब्लिक स्पिकिङ, क्याटवाक, ब्यक्तित्व बिकाशलगायतका बिधाका बिषेश प्रशिक्षण दिइनेछ।

प्रतियोगीतामा शिर्ष सिहत बिभिन्न बिधामा बिजेता चुनिनेछन् । सन् २००१बाट सुरु भएको ‘मिष्टर नेपाल’मा रोपहत थेवे, जिवन लुइटेल ,गौतम सुवेदी , उज्वल घिमिरे, सुरेश घिमिरे, डा. आयुष्मान घिमिरे, सुरेश गैले, सुरज चिल्वाल, सन्दिप पोखरेल लगायतका बिजेता छानिइसकेका छन्।

SUBSCRIBE 👉