सबिना राना भुजेल भईन मिस पोखरा ( सातौँ सँस्करण) विजेता


मिस पोखरा (सातौँ सँस्करण)को ताज सबिना राना भुजेलले जितेकी छन्। बुधबार साँझ पोखरा सभागृहमा भएको अन्तिम प्रस्तिस्पर्धामा १९ जना सहभागी प्रतियोगीहरुलाई पछाडि पार्दै उनले मुख्य उपाधी आफ्नो पोल्टामा पारिन्। सबिनाले अब मिस नेपालको आउँदो सँस्करणमा सोझै सहभागिता जनाउन पाउनेछिन्। उनले नगद ५० हजार रुपैँया, स्कुटर र गोल्डेन क्राउन प्राप्त गरिन्। मिस पोखराको विजेताले गोल्डेन क्राउन पहिरिएको यो पहिलो पटक हो।

miss pokhara

Miss Pokhara | Photo Courtesy: ThikThak.Com

उपाधी सँगै आफु अझै जिम्मेबार भएको बताईन्। ‘मेरो लक्ष्य आज आएर पुरा भएको छ। यसलाई मैले शुरुवात मानेकी छु। आगामी दिनमा यो ताजको गरिमालाई अझै बढाउनेछु ।’ सबिनाले खुशी हुँदै भनिन्।

प्रतियोगितामा मञ्जिता खनाल फस्ट रनरअप भईन् भने लोचन बसेल सेकेन्ड रनरअप भईन्। फस्ट रनर अप खनालले ३० हजार रुपैयाँ र सेकेन्ड रनरअप बसेलले २० हजार रुपैयाँ प्राप्त गरे। सेकेन्ड रनरअप बसेलले सँगसँगै बेस्ट फोटोजेनिक टाईटल पनि आफ्नो पोल्टामा पारिन्।

त्यसैगरि बेस्ट पर्सनालिटिको उपाधी सलिफा गुरुङको पोल्टामा प¥यो। मोस्ट ट्यालेन्ट टाईटल आरजु घोताने गुरुङ, बेस्ट क्याटवाक र भ्यूअर्स च्वाईस टाईटल सलिना राज्यलक्ष्मी राणाले जिते । त्यस्तै मिस पपुलारिटि टाईटल अनु रेग्मी र बेस्ट स्माईल तथा बेस्ट ड्रेस टाईटल सिर्जना विश्वकर्माको हातमा प¥यो।

प्रतियोगीताको ग्राण्ड फिनालेमा गोपाल कक्षपती, संचारकर्मी महेश भण्डारी, ब्यूटिसियन चिनु गुरुङ, अप्सरा बस्नेत लगाएत निर्णायकको रुपमा रहेका थिए।

कार्यक्रममा गायिका देविका बन्दना, विग आईकन मुस्कान रानाभाट, गायक कालिप्रसाद बाँस्कोटा, विजेश पौडेलले सहभागीलाई आफ्नो प्रस्तुतीबाट मनोरञ्जन प्रदान गरेका थिए। त्यस्तै सारेगम कला केन्द्रका कलाकारहरुले नृत्यको प्रस्तुती पनि राखेका थिए।

पोखरा जेसिजको आयोजनामा भएको सातौँ सँस्करणको मिस पोखरा ईभेन्ट कम्पनी ‘ईभेन्ट्स फर यू’ले व्यवस्थापन र जयन सुब्बा मानन्धरको कोरियोग्राफी मा सम्पन्न भएको हो।

SUBSCRIBE 👉