अमेरिकामा मलिना जोशीको प्रेमकथा – भिडियो


करीब ५ महिना अमेरिका घुमेर केहि समय अघी मात्रै नेपाल फर्किएकी अभिनेत्री / मिस नेपाल २०११ मलिना जोशीको अमेरिका रहदाको प्रेम कथा अब भिडियोमा हेर्न पाइने भएको छ । तर उनको यो प्रेमकथा वास्तबिक नभई एउटा भिडियो गीतका लागी छायान्कन गरिएको फिल्मी कथा हो। नेपाली आधुनिक गीत संगीतका चिर-परिचित ब्यक्तित्व बरीस्ठ गायक लाक्पा शेर्पाको स्वर , चर्चित संगीतकर्मी नरेन्द्र प्यासीको संगीत अनी गीतकार पासाङ शेर्पाको शब्दमा रहेको सुमधुर गीत साँझ ढलेको थाहै भएनको म्युजिक भिडियो तयार भएको छ।

malina joshiन्यु योर्कको Times Square , Brooklyn Bridge लगायतका स्थानहरुमा छायान्कन गरिएको यो भिडियो नया बर्ष २०१६ को अवसर पारेर रिलिज गरिएको छ। मलिना जोशी र न्युयोर्क वासिन्दा मोडेल पिटर श्रेष्ठको अभिनय रहेको यो भिडियोलाई शम्भु मोक्तानले खिचेका हुन्। सुरेस दर्पण पोखरेल निर्देशित भिडियोमा भरत रेग्मीको सम्पादनरहेको छ।

एक प्रेमी जोडीको सफल दाम्पत्य जिवनलाई सरल र मिठो रुपमा प्रस्तुत गरिएको यो भिडियोमा मलिना र पिटरले युवा देखी बृदाअवस्थासम्मको जिवन्त अभिनय गरेका छन। गीतका शब्दहरु अनुसार भिडियो सान्दर्भिक बनेकोले यो गीत र भिडियो दुबैलाई दर्शक श्रोताहरुले मन पराउने बिश्वास गीतकार पासाङले ब्यक्त गरेका छन।


VIDEO CREDITS : Album: Best Of Lakpa | Vocal: Lakpa Sherpa | Lyrics: Pasang | Music: Narendra Pyasi | Arrange: Yakub Rai

Model: Malina Joshi and Nepali Peter Shrestha (Cheeniya) | Camera: Shambhu Moktan (Moktan Digital Video – New York) | Edit: Bharat Regmi | Direction: Suresh Darpan Pokharel

SUBSCRIBE 👉