नेपाल्स फेस अफ द इयर – सिजन २ आयोजना हुने


विभिन्न उमेर र वर्गका लागि सौन्दर्य र प्रतिभा प्रदर्शनको प्रतियोगिता आयोजना गर्दै आएको रिवन इन्टरटेनमेन्ट प्रालिले ‘नेपाल्स फेस अफ द इयर – सिजन २’ गर्ने भएको छ। दोस्रो संस्करणको नेपाल्स फेस अफ द इयर २०१६ का लागि आगामी माघ २ गते पहिलो चरणको अडिसन गरिने रिवन इन्टरटेनमेन्टका अध्यक्ष निशु झाले जानकारी गराएका छन्।

nepals face of the yearझाका अनुसार यस वर्षको यो प्रतियोगितामा महिलाका साथै पुरुषले पनि स्पर्धा गर्न सक्नेछन् भने प्रतियोगिताका विजयीले अन्तराष्ट्रिय प्रतिायोगितामा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछन्। यसबाहेका अन्तराष्ट्रिय मोडलिङ वर्क शपसँगसँगै सेल्फ मेकअप, ग्रुमिङ, नेपालका शिर्ष कोरियोग्राफरबाट कोरियोग्राफीको प्रशिक्षण, जुम्बा क्लास, टेबल म्यानर क्लास, डान्स, व्यक्तित्व विकास, आर्टजस्ता विषयमा प्रशिक्षण र तालिम पाउनेछन्। यसका साथै विजेताले म्युजिक भिडियोमा अभिनय र मोडलिङ शैक्षिक छात्रबृत्ती, आइएलटीएस/टोफेल क्लासको अवसरसमेत पाउनेछन्।

बानेश्वसरस्थित होटल रानी महलमा हुने अडिसनमा सहभागी हुन चाहनेहरु कम्तीमा एसएलसी उतिर्ण हुनुपर्ने, पुरुषको हकमा ५ फिट ६ इञ्च र महिलाका हकमा ५ फिट उचाई हुनुपर्ने र १६ देखि २७ वर्षका युवायुवातीले भाग लिन सक्ने प्रावधान निर्धारण गरिएको छ। प्रतियोगितामा बिबाहित र अबिबाहित दुबैले स्पर्धा गर्न सक्ने प्रतियोगिताका कोरियोग्राफर अश्विनी झाले बताए। रविन इन्टरटेनमेन्टले यसअघि सुपर मोडल कन्टेष्ट, मिसेस नेपाल इन्टरनेशनल, मिस एसएलसी अफ द इयर, मिष्टर एसएलसी, मिस टीन अफ द इयर, कलेज डिभा अफ द इयर, नेपाल्स फेस अफ द इयरजस्ता विभिन्न प्रतियोगिताको आयोजना गरिसकेको छ।

SUBSCRIBE 👉