अजित घिमिरेको ‘प्रस्तुती’ सार्वजनिक


गायक तथा संगीतका अजित घिमिरेको स्वर तथा संगीतमा सजिएका गीतहरुको संग्रह प्रस्तुती लाई वरिष्ठ संगीतकर्मी बासुदेव मुनाल तथा गायक सुगम पोखरेलले काठमाडौंमा विमोचन गरेका छन्।

Ajit Prastutiअमेरिकामा पिएचडी गरिरहेका संगीतकर्मी घिमिरेले चार वर्षको मेहनतपछि यो एल्बम तयार पारेको बताएका छन्। नयां वानेश्वरस्थित रियल टाइम क्रिएसनको कार्यालयमा सम्पन्न विमोचन समारोहमा संगीतकर्मी बासुदेव मुनालले गायक तथा संगीतकार घिमिरेको गायकीको प्रसंसा गर्नु भयो । गायक सुगम पोखरेलले पनि गायक घिमिरेको गायन शैलीको बारेमा सकारात्मक टिप्पणी गरेका थिए।

विमोचित संग्रहमा गायक घिमिरे तथा मोहित मुनालले संगीतबद्ध गरेका गीतहरु समावेश गरिएका छन् । एल्बमका सात वटा गीतहरुमा अराज केशव, प्रकाश पोखरेल तथा गायक घिमिरेका शब्दहरु सुन्न सकिन्छ।

विमोचन समारोहमा मदहोशी…गीतको म्युजिक भिडियो प्रिमियर गरिएको थियो। अराज केशव गिरीले निर्देशन गरेको यो भिडियोमा गायक घिमिरेले पनि अभिनय गरेका छन्।

SUBSCRIBE 👉