गायिका रेखा शाह पक्राउ । चर्को व्याजदरमा ऋण दिएको अाराेप


चर्चित गायिका रेखा शाह ठगीको आरोपमा पक्राउ परेकी छिन्। गायिका शाह आइतरबार राति श्रीमान इन्द्र गुरुङसहित पक्राउ परेकी हुन्। चर्को व्याजदरमा ऋण दिएको आरोपमा महानगरीय प्रहरी परिसर काठमाडौंले उनलाइ पक्राउ गरेको हो।

Rekha Shah Singerगायिका शाह र उनका श्रीमान इन्द्र गुरुङले ‘मिटरव्याजी’को आरोपमा पक्राउ परेकाे प्रहरीले जनाएकाे छ। प्रहरी स्रोतका अनुसा १० लाख रुपौयाँ दिएर ७० लाखको कागज गराएको उजुरी आएपछि अनुसन्धानका लागि पक्राउ उनीहरूलाइ गरिएको हो। उनीहरुलाई काठमाडौं परिसले हिरासतमा राखेको छ। काठमाडौं परिसर प्रवक्ता विश्वराज पोखरेलले पुष्टि गरेका छन्। प्रहरी स्रोतका अनुसार गायिका शाहले सन्दिपराज काफ्लेलाई दश लाख रुपैंया दिएर ७० लाखको कागज बनाएको उजुरीको आधारमा उनीलाई निय्रन्त्रणमा लिइएको हो।

के हो मिटरव्याज?
एक लाखको १० देखि ३० हजारसम्म एक दिनको व्याज लिनुलाई मिटरव्याज भनिन्छ। रेखाले सोही अनुसार दश लाख ऋण दिएर ७० लाखको कागज बनाएकी प्रहरीले जनायो। मिटरव्याजमा ट्याक्सीको मिटरमा पैसा चढेजस्तो चर्को व्याजदरमा ऋणमा लगाइन्छ।
नागरिक न्युज डट कम मा प्रकाशित

SUBSCRIBE 👉