२०७३ मा सिजी कामना फिल्म अवार्ड्सको दोस्रो संस्करण


लाखौं पाठकको प्रिय सिने मासिक कामनाले प्रकाशनको तीन दशकभन्दा बढी लामो यात्रा पार गरेको सुखद अवसरमा मनोरञ्जन क्षेत्रको बहुप्रतिष्ठित कम्पनी सिजी इन्टरटेनमेन्टसँगको सहकार्यमा अघिल्लो वर्षबाट थालनी गरिएको सिजी कामना फिल्म अवार्ड्सको दोस्रो संस्करण आगामी नयाँ वर्ष २०७३ सालमा हुने भएको छ। आयोजक कामना प्रकाशनले सिजी इन्टरटेनमेन्टको सहकार्यमा मंगलबार राती सोल्टीमोडस्थित होटल सोल्टी क्राउन प्लाजामा एक कार्यक्रम आयोजना गरी चालु २०७२ सालका चलचित्रलाई सहभागी गराई आगामी २०७३ सालमा अवार्ड कार्यक्रम आयोजना गर्ने जानकारी गराएको हो।

KAMANA FILMY AWARDSपहिलो संस्करणको सिजी कामना फिल्म अवार्डस् २०७१ को सफलता तथा सम्बन्धित क्षेत्रबाटै उत्साहवद्र्धक प्रतिक्रिया हासिल हुनुका बाबजुद गत बैशाखमा आएको विनाशकारी महाभूकम्प र त्यसको घाउ नपुरिँदै हालसम्म जारी नाकाबन्दीबाट सिंगो मुलुक र जनता आहत भएका कारण यस वर्षको अवार्ड कार्यक्रमलाई निरन्तरता नदिइएको र आगामी वर्ष पूनः अवार्ड कार्यक्रमलाई निरन्तरता दिइने कामना न्यूज पब्लिकेसन्स्का प्रधानसम्पादक पुष्करलाल श्रेष्ठले जानकारी गराउनु भयो। पहिलो कामना अवार्ड सबैका साथ र सहयोगबाट सफल रहेपनि देशमा देखिएका विषम परिस्थितिहरुका कारण सिजी कामना फिल्म अवार्डस्लाई निरन्तरता नदिइएको बताउनु भयो। ‘देश दुखिरहेको र सिंगो देश नै रोइरहेका बेला मनोरञ्जनात्मक अवार्ड कार्यक्रम आयोजना गर्ने उत्साह पलाउन सकेन’ छोटो औपचारिक र बढी अनौपचारिक रुपमा कक्टेल डिनरसँगै सम्पन्नकार्यक्रममाप्रधान सम्पादक श्रेष्ठले भन्नुभयो। बैशाख १२ को भूकम्पले अवार्ड आयोजनाको मनस्थिति बनाउन नसकिए पनि दोस्रो अवार्ड कार्यक्रम नयाँ वर्षलगत्तै हुने जानकारी उहाँले गराउनु भयो। कार्यक्रममा उहाँले पहिलो संस्करणको अवार्डमा प्रत्यक्ष र अप्रत्यक्षरुपमा सहकार्य, सहयोग र समर्थन गर्ने सबैप्रति आभार व्यक्त गर्दै त्यसको निरन्तरताको आशा पनि गर्नुभयो।

KAMANA FILMY AWARDSत्यसैगरी सिजी इन्टरटेनमेन्टका अध्यक्ष वसन्त चौधरीले कामना न्यूज पब्लिकेसन्स्ले ३२ वर्ष तथा यसको राष्ट्रिय दैनिक प्रकाशन नेपाल समाचारपत्रले २१ वर्ष पार गरेको अवसरमा बधाई दिँदै पहिलो संस्करणको अवार्डका सहयोगी तथा विजेतालाई धन्यवाद र बधाई ज्ञापनका लागिकार्यक्रमआयोजना गरेको प्रष्टयाउन भयो। ‘पहिलो सिजी कामना फिल्म अवार्डस्मा सहयोग पु¥याउने तथा अवार्ड हासिल गर्ने सम्पूर्णलाई आभार र बधाई ज्ञापन गर्ने समारोहका रुपमा यो कार्यक्रम आयोजना गरिएको छ। भूकम्प र नाकाबन्दीबाट देश संक्रमणको अवस्थामा गुज्रेको अवस्थामा अवार्ड कार्यक्रमलाई निरन्तरता दिननसक्दा यो क्षेत्रमा छाएको निराशालाई चिर्ने गरी पहिलेभन्दा पनि परिकृष्तरुपमा अबकोे अवार्ड समारोह आयोजना गर्नेछौँ।’ चौधरीले विगतमा दिनु भएको आफ्नै अभिव्यक्ति स्मरण गर्दै अघिल्लो वर्ष झैं दोस्रो अवार्ड पनि निष्पक्षता, पारदर्शी र उत्कृष्ट हुने जनाउँदैै यो अवार्ड एक दिन चलचित्र क्षेत्रको मानक पुरस्कार हुने बताउनु भएको थियो।

KAMANA FILMY AWARDSछोटो औपचारिकतापछिको कार्यक्रममा अवार्ड आयोजक समितिका सदस्य तथा कामना मासिकका सम्पादक विदुर गिरीले २०७२ साल बैशाख १ देखि चैत्र मसान्तसम्म रिलीजमा आएका फिल्महरुका बिचको सहभागितामा दोस्रो सिजी कामना फिल्म अवार्डस् २०७३ आयोजना गरिने बताउनु भयो भने आयोजक समितिका संयोजक तथा आयोजक संस्थाका प्रमूख कार्यकारी अधिकृत एवं प्रवन्ध सम्पादक दिरेकलाल श्रेष्ठले अवार्डलाई समारोहका हिसाबले अघिल्लो संस्करणको तुलनामा अझ बढी प्रभावकारी र आकर्षक रुप प्रदान गरिने बताउनु भयो।

SUBSCRIBE 👉