मिसेस नेपाल इन्टरनेशनल २०१५ सुन्दरीहरुको न्यानो सहयोग


भूकम्पले घर खेत गुमाई कष्टपूर्ण जीवन जिउन बाध्य सिन्धुपालचोकका भूकम्पपिडितहरु जाडोबाट समेत पिडित भएपछि मिसेस नेपाल इन्टरनेशनल २०१५ का विजयी तथा प्रतियोगिहरुले उनीहरुलाई उनीहरुकै घर टहरमा पुगेर न्यानो सहयोग गरेका छन्।

mrs nepal international 2015रिवन इन्टरटेनमेन्टद्धारा गत असोज महिनामा राजधानीमा आयोजित मिसेस नेपाल इन्टरनेशनल २०१५ का विभिन्न उपाधि विजेता तथा प्रतियोगिहरुले सिन्धुपालचोकको मर्मिङ ५ स्थित भूकम्प र जाडोबाट पिडित दलित समूदायका परिवारलाई न्यानो सहयोग गरेका हुन्। रिवन इन्टरटेनमेन्टका अध्यक्ष निशु झाका अनुसार प्रतियोगिहरुले सो स्थानका ८० दलित परिवारलाई खाद्य पदार्थका साथ ब्ल्याङकेट, सिरक, म्याट, पञ्जा र टोपी उपलब्ध गराएका हुन्।

mrs nepal international 2015मिसेस नेपाल इन्टरनेशन २०१५ का उपाधि विजेता तथा प्रतियोगिहरु उषा लिम्बु, विजेता श्रेष्ठ, स्मीता पाण्डे, प्रतिमा केसी, सरिता भुजु श्रेष्ठ, सरला श्रेष्ठ, मीरा मानन्धर, परीकल्पना राईले मुश्किलले सवारी साधन पुग्ने सो स्थानमा गई सहयोगको हात बढाएका हुन्।

झाका अनुसार प्रतियोगिताका विजयी तथा सहभागीहरुले अन्य स्थानका भूकम्प र जाडोबाट पिडितहरुलाई पनि न्यानो सहयोग उपलब्ध गराउने ब्यबस्था मिलाएका छन्। उनीहरुले सहयोगीहरुको सहयोग तथा आफ्नै रकम खर्च गरेर न्यानो सहयोगको ब्यबस्था गरेका हुन्। जसअनुसार अबको सहयोग सर्लाहीको कविलासी ९ गयरका मुसहर समुदायलाई उपलब्ध गराइने जनाइएको छ।

SUBSCRIBE 👉