पोखरामा बिजय र सुनिताको रमाईलो – भिडियो


लोक गायिका सुनिता गुरुङको पछिल्लो अडियो तथा भिडियो लोक गिती एलबम रमाइलो पोखरा सार्वजनिक गरिएको छ। एलबमको उत्पादक संस्था निर्भाना कला केन्द्रद्धारा पर्यटकिय रेष्टुरेण्ट ठमेल हाउसमा आयोजित एक समरोहबिच सिंगल ट्रयाक रमाइलो पोखराको अभिनेत्री गौरी मल्ल र अभिनेता रमेश उप्रेतीले संयुक्तरुपमा विमोचन गरेका हुन्।

bijaya-thapaप्रमुख अतिथीद्धय मल्ल र उप्रेतीले एलबमको विमोचन गर्दै पोखरालाई लिएर थुप्रै गीत बनेर चले पनि यो लोकभाका विशेष रहेको चर्चा गरे। अडियो तथा म्युजिक भिडियोको चर्चा गर्दै अभिनेत्री मल्लले लोकभाका शास्त्रीय संगीतभन्दा पनि महत्वपूर्ण रहेको र विदेशीले समेत यो विधाको गीत गाउनलाई कठिन मान्ने गरे पनि स्वयं नेपालीले भने यसलाई हेर्ने दृष्टिकोणमा बदलाव ल्याउनुपर्ने बताइन्।

अभिनेता उप्रेतीले आफु सबै विधाको गीतबाट आकषिर्त हुने गरे पनि लोकभाकाले अझ बढी आकृष्ट गर्ने खुलाए। मल्ल र उप्रेती दुबैले गायिका गुरुङको स्वरमा मिठास रहेकेा चर्चा गर्दै लोक तथा दोहोरी गीत गायनमा निरन्तरता दिन सुझाए। त्यसै गरी सार्वजनिक गीतका शव्द रचनाकार तथा लयकर्ता चर्चित लोक गायक मिलन लामाले गायिका गुरुङको गायकीको प्रशंषा गर्दै लोक गायनको क्षेत्रमा उनको भविष्य उज्ज्वल रहेको बताए। लोक गायक लामाले गायिका गुरुङको यो पछिल्लो एलबमले नेपाली चलचित्र जगत् र लोक संगीतलाई एक आपसमा जोड्ने काम गरेको समेत बताए।

ramailo pokharaसार्वजनिक एलबममा गायिका गुरुङलाई गायनमा जीवन परियारले साथ दिएका छन्। कार्यक्रममा विमोचित लोकगीतको म्युजिक भिडियोसमेत सार्वजनिक गरिएको थियो। भिडियो रमेश श्रेष्ठको निर्देशनमा बनेको हो भने कोरियोग्राफी विजय थापा, छायांकन सुदिप बराल, सम्पादन पवन सिंखडा तथा नृत्य विजय थापा र गायिका सुनिता गुरुङको रहेको छ।

गीत संगीतमा लाग्ने सानैदेखिको चाहना भए पनि २ वर्षअगाडि ०७० सालमा रेडियो नेपालमा प्रभुराज ढकालबाट छ महिना शास्त्रीय संगीतको तालिम लिएपछि सुनिता गायन क्षेत्रमा अगाडि आएकी हुन्। रेडियो नेपालकै रामबहादुर जिम्बाद्धारा रचित र संगीतबद्ध पूर्वेली गीत चुल्ठी केशमा गुराँस सिउरेर गाए संगै सांगीतिक क्षेत्रमा सक्रिय हुन पुगेकी सुनितालाई लोकलयमा कुलको छोरी, नाचुँ नाचुँ छमछम, वनारसी साडीजस्ता गगीतले यो क्षेत्रमा स्थापित बनाएको छ।

SUBSCRIBE 👉