नम्रताको जवानी तारिफ गर्दै एसराज : सुजनको म्युजिक भिडियो


अभिनेता एसराज गराज तथा नायिका नम्रता सापकोटालाई लिएर गायक सुजन तामाङ (बमजन) ले आफ्नो नयाँ गीत ‘तिम्रो गाजलु आँखा…’ को म्युजिक भिडियो तयार पारेका छन्। यो भिडियो यसै साता विभिन्न टेलिभिजन च्यानल तथा यूट्युवमार्फत सार्बजनिक गरिएको छ।

Namrata Sapkota Srajकाभ्रेमा जन्मिएका गायक सुजन तामाङ सानै उमेरदेखि संगीतमा राख्थे। साधना कला केन्द्रमा संगीतकार प्रकाश गुरुङबाट संगीतको औपचारिक प्रशिक्षण लिएका गायक सुजन तामाङ यतिबेला पहिलो एकल एल्बमको तयारीमा छन्। दुई महिना भित्र आफ्नो डेब्यू एल्बम स्राेतामाझ ल्याउने सुजनको तयारी छ।

टिका बमजनको शब्द तथा संगीतको गीतमा एसराज तथा नम्रताले आकर्षक नृत्य प्रस्तुत गरेका छन्। फणिन्द्र राईको संगीत संयोजनको गीतको भिडियोको निर्देशन अर्जुन अधिकारीले गरेका हुन्। भिडियोका छायांकार शिवराम श्रेष्ठ हुन् भने निशान घिमिरे यो गीतका सम्पादक हुन्।

भिडियो हेर्नुहोस्

SUBSCRIBE 👉