साइप्रसमा नेपलीज धमाका – युवतीहरुको घेरामा राई इज किंग


स्टेजमा चढेर राजेश संगै रातो गुलाफ दिदै नाच्दै र सेल्फी लिने युवतीहरुको भिडलाई सम्हाल्न र युवतीहरुबाट राई इज किंगलाई फुत्काउन आयोजक तथा सेकुरिटी गार्डहरुलाई हम्मे – हम्मे परेको थियो।

Rai is King – Singer Rajesh Payal Raiसोनाम ल्होशारको अवसर पारेर आइतबार साइप्रसमा “नेपलीज धमाका २०१६’ भव्यताका साथ सम्पन्न भएको छ। सोनाम ल्होशार, त्यही दिन भ्यालेंटाइन डे र आइतबारको सार्वजनिक बिदा अनि नेपालबाट पहिलो पटक चर्चित गायक राजेशपायल राई र मौसमी गुरुङको आगमनले सो कार्यक्रम झनै भब्य भएको थियो।कमै मात्र जमघट हुने साइप्रसका नेपालीहरुको जमघट आइतबार नेपालीज धमाका २०१६ मा उल्लेखनीय देखियो।

Rai is King – Singer Rajesh Payal Raiनेपाली रास्ट्रीय गीतबाट सुरु भएको नेपालिज धमाका २०१६ को सुरुवात स्थानीय कलाकारको नृत्यबाट सुरु भएको थियो। लगतै चर्चित गायिका मौसमी गुरुङ ‘चोरेर लग्यो यो मन कतै’ भन्दै स्टेजमा देखा परिन। च्यान्ग्बा होइ च्यान्ग्बा, कान्छी है कान्छी, शितल शितल, लगायत विभिन्न चचित गीतहरु गाएर उनले उपस्थित दर्शकहरुलाइ भरपुर मनोरंजन दिईन।

Rai is King – Singer Rajesh Payal Raiतिमि संग जिउने मर्ने चाहना छ मेरो – नाइँ नभन्नु ल, नाइँ नभन्नु ल भन्दै स्टेजमा आएका राई इज किंग – राजेश पायल राई ले माहोललाई करिब २ घण्टा सम्म तताए। अर्को जुनी जुनी भेट होला कि नहोला, फुलै फुलको मौसम, मैना राजा मैना रानी, फैलियो माया दुबोसरी, सागर सरि चोखो माया, मोहनी लाग्ला है ,धरान धनकुटा भेडेटार, दर्शन नमस्ते, सेन्टारम लगायतका आफ्ना करिब डेढ दर्जन गीत हरु लगातार गाएका राई इज किंगको प्रत्येक प्रस्तुतिमा दर्शकहरुको उत्तिकै झुम्मिएका थिए।

Rai is King – Singer Rajesh Payal Raiराजेसले गाउँदा गाउँदै स्टेजमा चढेर उनि संगै नाच्ने तथा सेल्फी लिनेहरु तथा रातो गुलाफ दिने युवतीहरुको भिडलाई सम्हाल्न आयोजक तथा सेकुरिटी गार्डहरुलाई हम्मे – हम्मे परेको थियो। राजेशपायल राई स्टेज बाट निस्केपछि पनि बाहिर निस्कन उनलाई करिब आधा घण्टा नै लागेको थियो। उनि बाहिर सम्म युवतीहरुको घेरा मा परेका थिए। युवती तथा महिला प्रसंसकहरु बाट राई इज किंगलाई फुत्काउन आयोजकलाई निक्कै अफ्ठेरो परेको देख्न सकिन्थ्यो।

Rai is King – Singer Rajesh Payal Raiदुवै गायक – गायिकाहरुको प्रस्तुति बाट हौसिएका दर्शकहरुलाई पुन स्थानीय चर्चित डिजे जेजेले पुन आफ्नो तालमा नचाएका थिए। उनले नेपाली, हिन्दि तथा अंग्रेजी गीतहरुमा करिब एक हजार दर्शकहरुलाई डिजे संगीतमा नचाएका थिए।

एन आर एन साइप्रसका अध्यक्ष सुभास मल्लको अतिथ्यमा सम्पन्न कार्यकर्मको उधघोषण सुरेन ताम्लिंग लिम्बु ले गरेका थिए। ब्रिटिश गोर्खा फेमिली साइप्रसका सुरेश कुमार परियार, सुरेन्द्र तम्लिंग, गौतम गुरुङ, गोबिन्द सिरिश, जुग प्रसाद जुग्जेली, भिमराज गुरुङ को संयुक्त आयोजनामा तथा सिल्भर इन्टरटेनमेन्ट नेपालको ब्यस्थापनमा आयोजना भएको ‘नेपालिज धमाका -२०१६’ ले साइप्रसमा धमाका नै गरेकोमा आयोजक कमिटिका सदस्यहरु मक्ख थिय।
तस्विरहरु सौजन्य : बरुण मगर

SUBSCRIBE 👉