मिस अरोमा – इशा प्रधानलाई अँगालोमा बाध्ने को ? [म्युजिक भिडियो]


new nepali pop song 2016“मिस अरोमा-२०१३” उपाधि विजेता सुन्दरी इशा प्रधान म्यूजिक भिडियोमा देखिएकी छिन। उनी अभिनित पहिलो म्यूजिक भिडियो “अंगालोमा…” बोलको गीतको भिडियो सार्वजनिक भएको छ। किरण भुजेलको संगीत र स्वरमा रहेको गीत “कथा काठमाण्डुको” एल्बम मा समावेश छ।

म्युजिक भिडियोमा डेब्यु गरेकी चितवनकी इशा, यस गीतबाट धेरै नै आशावादी छिन। उनले अगामि दिनमा पनि अभिनयलाइ निरन्तरता दिने बताईन्। ” राम्रा गीतहरुको भिडियोको अफर आयो भने म खेल्न तयार छु”- इशाले भनिन्।

यो भिडियोमा मोडल इशालाई सुदित श्रेष्ठले साथ दिएका छन्। निकेश खड्का निर्देशित म्युजिक भिडियोमा अर्जुन तिवारीले छायाँकन र निशान घिमिरेको सम्पादन छ। गीतको शब्द रोशन भुजेलले कोरेका हुन्।

SUBSCRIBE 👉