विपुल क्षेत्रीले काठमाडौँका स्रोतालाई लाइभ गीत सुनाउने


Singer Bipul Chhetriनेपाल र नेपालीभाषीको बाहुल्य रहेका दार्जिलिङ, कालिम्पोङमा लोकप्रिय रहेका गायक विपुल क्षेत्रीले फागुन २२ मा काठमाडौँका स्रोतालाई आफ्ना गीत सुनाउने भएका छन्। भारतको कालिम्पोङमा जन्मिएर उतै साधनारत गायक क्षेत्रीले दरबारमार्ग स्थित ‘भिक्ट्री लन्ज’मा आफ्ना गीत सुनाउने भएका हुन्।

फेम नेपालले ‘लाइभ म्युकिल एरा २०१६’ शीर्षकमा गर्न लागेको कार्यक्रममा विपुलले करिब दुई घन्टा आफ्ना चर्चित गीत सुनाउनेछन्। लण्डनको ट्रीनिटी कलेजबाट क्लासिकल गितारमा स्नातक विपुलका ‘डढेलो’ ‘सिन्डीकेट’ ‘मन”राम साईली’ जस्ता गीत चर्चित मानिन्छन्।

हाल सम्म उनको ‘स्केचेज अफ दार्जिलिङ’ शीर्षकको एउटा मात्र एल्बम रिलिज भएको छ। कालिम्पोङ स्थित बसन्त भ्याली स्कुलको कला विभाग प्रमुख समेत रहेका विपुलका गीतमा नेपाली लोकगीतमा पश्चिमी वाजाको बेजोड फ्युजन देख्न सकिन्छ।

फेम नेपालले स्रोताको मागका कारण विपुललाई प्रस्तुत गर्न लागेको जनाएको छ। फेम नेपालले महिनै पिच्छे गर्न लागेको सांगीतिक कार्यक्रमको पहिलो संस्करणमा विपुललाई प्रस्तुत गर्न लागेको हो। हरेक अंग्रेजी महिनाको पहिलो शनिबार हुने कार्यक्रममा पालै सँग १९७४ एडी, सुगम पोखरेल, दीपक बज्राचार्य आदि गायकहरुलाई प्रस्तुत गर्ने आयोजकको लक्ष्य लिएको छ।

SUBSCRIBE 👉