डा. भिमार्जुन आचार्य (अर्जुन मिलन)को तेस्रो एल्बम – एउटा जीवन


संविधान तथा कानुनविद अधिवत्ता डा. भिमार्जुन आचार्यले आफ्नो तेस्रो गिती अडियो एलबम “एउटा जीवन” शनिबार राजधानीमा आयोजित एक समारोहबिच सार्वजनिक गरेका छन्। संगीत क्षेत्रमा अर्जुन मिलन नामले लोक प्रियता कमाएका डा. आचार्यको एलबमका गीतकार तथा संगीतकारहरुले
विमोचन गरेका हुन्।

Arjun Milan Dr. Bhimarjun Acharya's Audio Album Euta Jivan CD Cover

Arjun Milan Dr. Bhimarjun Acharya’s Audio Album Euta Jivan CD Cover

एलबमको विमोचनपछि गीतकार कालीप्रसाद रिजालले भिमार्जुनलाई कानुनी क्षेत्रको व्यक्तित्वका रुपमा मात्र चिनेतको तथा गीत माग्न आउँदा आश्चार्य लागेको बताए। उनले भिमार्जुनले गीत माग्दा शुरुमा नपत्याएको र गीत दिन दोधारमा परेको तथा उनले पहिले नै गाईसकेको एउटा गीत मोबाइलामा सुनाएपछि साधनारत गायक भएको लागेर गीत दिएको बताए। गम्भीर गीत माग्नु अर्को सुखद् अनुभुति भयो। जो आउँथे दाईलाई थाहै छ नि हिजो आज कस्तो गीत चल्छ भनेर, चल्ने खालको गीत दिनु भन्थे। भिमार्जुनले चाहिँ गम्भिर गीत माग्नु भयो। केही दिनपछि रेकर्ड भएर आएपछि अझै प्रभावित भएँ’ रिजालले भने – “म पनि गम्भिर गीत गाउन सक्नेलाई मान्छु। गीतलाई मनोरञ्जनका साधन ठान्दिनँ, गीत पनि साहित्यको एउटा विधा हो। कान्छा र कान्छीको गीत गाउनुको अर्थ छैन।”

गीतकार, संगीतकार तथा गायकसमेत रहेका भिमार्जुनले पनि गीतकार किरण खरेलले पनि शुरुमा आफुलाई गायकका रुपमा नपत्याएको खुलासा गरे।”मैले उहाँकहाँ गएर गीत मागेँ। दिनुभयो, रेकर्ड गरेर विमोचन गरेँ। विमोचन कार्यक्रममा उहाँले भन्नु भयो मैले त भिमार्जुनले अरुका लागि गीतमागेको होला, गायक अर्जुन मिलनचाहिँ अर्कै मान्छे होला भन्ठानेको थिएँ।”

भिमार्जुनले सुनाए “म लेखन, अध्यापना, कानुनी सेवा, पुस्तक लेखन सबै गर्छु। तर सय एउटा लेखले गर्ने काम एउटै गीतले गर्छ। यी सबै मेरो प्यासन हो। तर म बहस गर्दा गीतलाई जोड्दिन, संगीत कर्म गर्दा बहसलाई विर्सन्छु। मलाई लोभ र पाबाट मुक्त गर्न गीत संगीतले सहयोग गरेको छ।’ त्यस्तै कार्यक्रम एलबमसँगै सार्वजनिक म्युजिक भिडियोका अभिनेता हरिहर शर्माले भिमार्जुनमा बहुआयामिक क्षमता भेटेको खुलाए भने संगीतकार टीका भण्डारीले एलबमका गीत संगीतको समिक्षा गरे।

हिमालका कुरा गर्‍यौ, म त भाग्यको कमारो हुँ, सबैलाई त देशबाट, मौनताको शहरमाजस्ना गीतबाट लोकप्रियता कमाएका आचार्यको विमोचित एलबममाढिंडो भए हुन्छ मलाई, जित्नेलाई मिठो जीवन, मानिसको जिन्दगी यो, कति धेरै टाढा छौ तिमी, शिशिरको बतासमा, जीवन हो लामो बाटो र एउटा जीवन हुँ म बोलका ७ गीत संगृहित छन् भने रुपा बिमलको आलेख रहेको छ। यी गीतमा शव्द रचना क्षेत्रप्रताप अधिकारी, किरण खरेल, श्रीपुरुष ढकाल, रमेश क्षितिज, कालीप्रसाद रिजाल र अर्जुन मिलनको तथा संगीत नारायण रायमाझी, टीका भण्डारी, सन्तोष श्रेष्ठ, सागर अधिकारी, बिबी अनुरागी र अर्जुन मिलनको संगीत रहेको छ। कार्यक्रममा ढिडो भए हुन्छ मलाई र जित्नेलाई मिठो जीवन बोलका २ गीतका म्युजिक भिडियो सार्वजनिक गरिएको थियो। सञ्चारकर्मी प्रेम बानियाँद्धारा निर्देशित भिडियोमा हरिहर शर्मा र शकुन्तला शर्मा तथा कृष्ण मल्ल र गौरी मल्लले अभिनय गरेका छन्।

डा. आचार्यले यसअघि मौनताको शहर र सजिलो हुँदैन जीवन नामक एलबम बजारमा ल्याएका थिए।

SUBSCRIBE 👉