खेल मैदानमा मिष्टर नेपाल २०१६ प्रतिस्पर्धीहरु


mr-nepal-contestantsएक्सपोज नेपालको आयोजना रहेको पुरुषहरुको सौदर्य प्रतियोगीता ‘वर्ल्ड टच मिस्टर नेपाल २०१६’ प्रतियोगीले आफ्नो खेल कौसल प्रदर्शन गरेका छन्। प्रतियोगीले बुधबार ललितपुरको फाइभ ए साइड इन्डोर फुटबल मैदानमा आफ्नो खेल प्रदर्शन गरेका हुन्। मंगलबार बल्खु देखी न्युरोड गेट सम्म प्रतियोगीको दौड प्रतियोगीता समेत गरिएको थियो।

आयोजक एक्सपोज नेपालले प्रतियोगीलाई प्रशिक्षणको क्रममा खेल मैदानमा उतारेको हो। प्रतियोगीलाई सैद्धान्तिकका साथै प्राक्टिकल ज्ञान प्रदान गर्न खेल मैदानमा उतारेको आयोजक एक्सपोज नेपालका अध्यक्ष दिनेश शाहीले बताए। बिजेता मिष्टर वल्र्डमा जाने भएकोले यस पटकबाट बिशेष प्रशिक्षण भइरहेको उनको भनाई छ।

यस पटक प्रतियोगीतामा ४५ जिल्लाका ५० जना प्रतियोगी छानिएका छन्। जसको बिभिन्न प्रशिक्षण नयाा बानेश्वर स्थित स्पामा भइरहेको छ। चलेका सेलिब्रेटीलगायत बिभिन्न ब्यक्तीहरुबाट प्रतियोगीलाई प्रशिक्षण भइरहेको छ। निर्देशक कलाकार तथा संचारकर्मी दिनेश डिसी, मिष्टर नेपाल डा.आयुष्मान घिमिरे, मोडल दिक्पाल कार्की, मिष्टर नेपाल सुरज चिलवाल लगायतले आफ्नो क्षेत्रको अनुभव प्रतियोगी माझ सेयर गरेका छन्।

आगामी चैत्र १४ त्रिभुवन आर्मी अफिसर्स क्लबमा अन्तिमस्पर्धा हुने प्रतियोगीतामा शिर्ष सहित फष्ट रनरअफ, सेकेन्डरनर अफका साथै बिभिन्न बिधामा बिजेता छानिने छ।

SUBSCRIBE 👉